नेपाली सिनेमाका गीतसंगीतहरु बलिउड या अन्य कुनै भाषाका गीतसंगीतबाट हुबहु सारिएका उदाहरण त प्रशस्त पाइन्छन् । तर एल्बममा समावेश गीतहरु पनि हुबहु चोर्न थालिएको छ ।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
रेड पाण्डा डान्स एण्ड मुभी हाउसको पहिलो प्रस्तुतीको रुपमा बजारमा आएको सावित्री खत्रीको एल्बम ‘ठूली’मा समावेश शिर्ष गीत चोरीको पराकाष्ट बनेको छ । एल्बममा समावेश शिर्ष गीतलाई बलिउड चलचित्र ‘खेलाडी ७८६’ मा समावेश ‘हे बल्मा’ बोलको गीतबाट हुबहु चोरिएको छ ।
शंकर अधिकारी ‘घायल’ले लेखेको यो गीतलाई राजेन्द्र श्रेष्ठले संगीत भरेका छन् । राजेन्द्र नेपाली सांगीतिक क्षेत्रका लागि खासै सुनिएका व्यक्ति होइनन् । तर उनले यो गीतलाई बलिउड सिनेमाको गीतसँग मिलाएर सस्तो नाम कमाउने उपाय रचेका छन् । सावित्री खत्री, प्रल्हाद तिमिल्सिना, शम्भु रैकाको आवाज रहेको यो गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् ।
संजय लामाको छायांकन, अर्जुन जीसीको सम्पादन रहेको यो भिडियोमा बर्षा राउत र नरेश विर सिंहले अभिनय गरेका छन् । चलचित्रको कोरियोग्राफी भने आकर्षक गरिएको छ । तर चलचित्रको संगीतलाई हुबहु ‘बल्मा’ बोलको गीतसँग मिलाएर संगीतकारले नेपाली संगीतको धज्जी उडाएका छन् । हेर्नुहोस् एल्बम ‘ठूली’मा समावेश शिर्ष गीतको भिडियो ।
यस्तै अक्षय कुमार र आशिनले अभिनय गरेको चलचित्र ‘खेलाडी ७८६’ मा समावेश ‘बल्मा’ बोलको गीतको भिडियो पनि हेर्नुहोस् र छुट्टयाउनुहोस् कहाँ छ नेपालीको आफ्नै क्रियशन :@0nlinekhabar
Sponsored Links