Home » » कस्तो छ तपाईको खुट्टाको औला ?खुट्टा हेरेर थाहा हुन्छ तपाईको स्वभाव र भविष्य...

कस्तो छ तपाईको खुट्टाको औला ?खुट्टा हेरेर थाहा हुन्छ तपाईको स्वभाव र भविष्य...

Written By pardapa6adi on Monday, 17 March 2014 | 11:06 am

ज्योतिष विज्ञान भन्छ, खुट्टाका आकार र बनोटका आधारमा मानिसहरुका स्वभाव र आचरण र भविष्य बताउन सकिन्छ। शरिरका अंग लक्षण हेरेर मानिसको भविष्य बताउने विधीको वर्णन ज्योतिष विज्ञानमा गरिएको छ।
ज्योतिषको एक महत्वपुर्ण आधार सामुद्रिक शास्त्रमा मानिसको टाउको देखि खुट्टा सम्मका अंगका विशेष लक्षणहरु उल्लेख छ। अंगहरुको बनावट, आकार, रंगबाट मानिसको रहस्य पत्ता लाग्ने र भविष्यको बारेमा जानकारी हासिल गर्न सकिने तरिका सामुद्रिक शास्त्रमा उल्लेख छ।
जोसुकै मानिसहरुको खुट्टाको औलाहरुको बनोट हेरेर सहजै व्यवहार, विचार र कार्यक्षेत्रका बारेमा बताउने सकिन्छ।







हावी हुने मानिस: जो मानिसको खुट्टाका औंलाहरु घट्दो क्रममा हुन्छन् यी मानिसहरु अन्य माथि हावी हुन चाहन्छन् । यस्ता मानिसहरु आफ्ना अधिकारका बारेमा सजक हुन्छन्। यी मानिसहरु चाहन्छन कि उनीहरुलाइ मान सम्मान प्राप्त होस र सवैले उनीहरुको कुरा अक्षरस पालन गरुन । यदी घर परिवारमा वा समाजका कोही मानिसहरु उनीहरुको इच्छा अनुसार नचले रिसाउने गर्दछन्। यस्ता किसिमका खुट्टाका औला भएका मानिसहरु आफ्ना जीवनसाथीमाथि आवश्यक्ता भन्दा बढि हावी रहन्छन्।
 

कडा परिश्रम गर्छन: जो मानिसको खुट्टका औलामा बुढी औला सहित अन्य दुइ औला बराबार र बाँकी औला साना हुन्छन, ती मानिसहरु कठिन परिश्रम गर्ने खालका हुन्छन्। यस्ता मानिसहरु आफ्नो श्रमको बलमा सफलता हासिल गर्दछन्। श्रमकै बलमा उनीहरुलाई मान सम्मान प्राप्त हुन्छ यस्ता खुट्टाका औला भएकाहरु अरु मानिसले गरेका कामको समेत प्रशंसा गर्ने गर्दछन। उनीहरुलाई कर्मशील मानिस विशेष मन पर्दछ यस्ता औला भएकाहरु घरपरिवारमा पनि आफ्नो जिम्मेवारी राम्रो तरिकाले निर्वाह गर्दछन।
 
अदभुत ढंगबाट गर्छन काम: जो मानिसको खुट्टाको औलामा दोस्रो औला लामो र अन्य छोटा हुन्छन्, ती मानिसहरु फरक र अदभुत तरिकाबाट काम गर्दछ । यी मानिसका योजनाहरु र कार्यशैली अलग र श्रेष्ठ हुन्छन्। योजानाकै बलमा उनीहरुलाई विशे्ष स्थान प्राप्त हुन्छ। घरपरिवारमा यस्ता मानिसलाई विशेष सुख सुविधा प्राप्त हुन्छ।
 
शान्तिप्रिय हुन्छन यस्ता मानिस: जो मानिसहरुको बुढि औला लामो र अन्य औला समान लम्बाईका हुन्छन, त्यस्ता मानिस शान्तिप्रिय हुन्छन। यस्तो प्रकृतीको खुट्टा भएका मानिसहरु तनावमा नआईकन काम गर्न रुचाउँछन्। यी मानिसहर कहिल्यै पनि आवेशमा आउँदैनन् । विरोधीहरुसंग पनि उनीहरु शान्तिबाटे बिजय प्राप्त गर्दछन्। शान्तिप्रियसगै केही मानिसहरु अल्छी पनि हुन्छन र ढिलासुस्ती गर्ने किसिमका हुन्छन्।
 
उर्जावान हुन्छन यस्ता मानिस: जो मानिसको खुट्टाको औला मध्य दोस्रो औला ठुलो र अरु सानो हुँदै जान्छन् र अन्त्यका दुइ औला करिब बराबार हुन्छन, ती मानिस उर्जावान हुन्छन्। सामान्यतया यस्ता मानिसहरु जोशिला हुन्छन , जुनसुकै पनि जोश र उर्जाका साथ गर्दछन् । यिनीहरु खुलेर रमाइलो गर्न चाहन्छन्। यी मानिसहरु पुर्णरुपमा जीवनको आनन्द लिन्छन् सधै खुसी रहन्छन् र अरुलाई खुसी राख्न प्रयत्न गर्दछन्।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी