Home » » ध्वस्त हुदै छ यौन अखडा...

ध्वस्त हुदै छ यौन अखडा...

Written By pardapa6adi on Friday, 4 July 2014 | 11:23 am



असार २०बाग्लुङ -पहिले नयाँ बसपार्क भनिने अहिलेको बाग्लुङ बसपार्क बाग्लुङ–पोखरा सडकमार्ग खुलेदेखि स्थापना भएको हाृ। बसपार्क सञ्चालनमा आएदेखि सुरु भएको यहाँको यौन व्यवसाय यतिबेला खलबलिएको छ। 

बाक्लो बस्तीबीच सञ्चालित बस पार्कमा हुने छ्यापछ्याप्ती यौन व्यवसायकै कारण यसलाई अघोषित ‘रेडलाइट एरिया’का रूपमा चिनिन्थ्यो । यो ठाउँ यौन अखडाकै रूपमा गनिन थालेपछि स्थानीयले प्रहरी प्रशासनसँगकोसहकार्यमा त्यसविरुद्ध अभियान नै चलाए।

१५ वर्षदेखि होटलका नाममा यौन व्यापार गर्दै आएकी सिर्जना अहिले होटल बन्द गर्ने सुरमा छिन्। 'चार महिनादेखी सुको कमाइ छैन, पुलिस चौबिसै घण्टा बसेपछि को आउँछ र?’ ३८ वर्षीया उनी भन्छिन्, 'अहिले त भाडा तिर्न पनि मुस्किल छ। केटीहरू सब गइसके। यहाँ केटी देख्यो कि पुलिसले उठाइहाल्छ।’ प्रहरीले चौबिसै घण्टा पहरा दिन थालेपछि ग्राहक आउन छाडेको उनले बताइन्। 

ग्राहक आउन छाडेपछि यहाँका अधिकांश सटर बन्द भएका छन्। यौन धन्दा चलाइएका धेरै सटर बन्द भइसके। बाँकी रहेका पनि बन्द हुने क्रममा छन्। 
'होटेलका नाममा यौन क्रियाकलाप गर्ने सटर बन्द भइसकेका छन्,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी वसन्त लामाले भने, 'अहिले यहाँको यौन बजारलाई रोक्न सफल भएका छौँ।’ आफ्नै छोरीचेलीसँग हिँड्नसमेत गाह्रो हुने अवस्था आएपछि स्थानीयको पहलमा यहाँको यौन बजारलाई भत्काउन सकेको एसपी लामाले बताए। 
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी