नेपाली सिनेमाको प्रचारका लागि चर्चित सिरियलहरु ताक्ने चलन बढ्दै गएको छ । पछिल्लो समयमा हिट हाँस्य सिरियलहरुमा चलचित्र प्रचारका लागि कलाकारहरु पुग्ने गरेका छन् ।
यसैक्रममा नायिका प्रियंका खकार्की र बालकलाकार अनुभव रेग्मी आफ्नो नयाँ चलचित्र ‘नाई नभन्नु ल २’ को प्रचारका लागि ‘मेरी बाँस्सै’मा देखिने भएका छन् ।
‘मेरी बाँस्सै’का निर्देशक तथा कलाकार सिताराम कट्टेलसँग अनुभव र प्रियंकाले अभिनय गरेका छन् । सिताराम आफैमा चलचित्रका कलाकार पनि हुन् ।

विकास आचार्यको निर्देशनमा तयार भएको यो चलचित्र चैत्र २८ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा सुरज सिंह ठकुरी, जीवन लुइटेल, सरोज खनाल, स्वेत मानन्धर लगायतका कलाकारले पनि अभिनय गरेका छन् । बाल मनोविज्ञानमा आधारित यो सिनेमाको गीतसंगीत चर्चित भैसकेका छन् ।
‘मेरी बाँस्सै’ मार्फत गरिएको प्रचारले सिनेमालाई फाइदा पुग्ने निर्माणपक्षको विश्वास छ ।
Sponsored Links

