Home » » ‘विदेश गएको तीन महिनामै सरिताको ३ सन्तान पहिरोले बगायो..

‘विदेश गएको तीन महिनामै सरिताको ३ सन्तान पहिरोले बगायो..

Written By pardapa6adi on Tuesday, 30 September 2014 | 10:19 am

सिन्धुपाल्चोक । घरबाट प्रदेश गएको एक महिनापछि फोन वार्ता हुँदा छोरीहरुले ‘ममी तपाईं छिट्टै घर आउनुहोस् है’ भनेको शब्दा उनको मानसपटलमा अझै पनि ताजै छ ।

दुई छोरी, श्रीमान् र एक छोरा घरमै छाडेर विदेश गएको तीन महिना नपुग्दै राम्चे गाउँ विकास समिति–१ कागुने गाउँकी सरिता तामाङले कहिल्यै नसोचेको घटना व्यहोर्न बाध्य भइन् ।
‘विदेश गएको तीन महिनामै सबै सन्तान गुमाउनेपर्छ भन्ने थाहा पाएको भए विदेश नै जाने थिइन,’ सरिताले भनिन् ।

वैदेशिक रोजगारीका लागि तीन महिना अघि कुवेत पुगेकी थिइन्, सरिता । घरेलु कामदारका रुपमा त्यहाँ पुगेपछि राम्रोसँग काम गरिरहेकी पनि थिइन् ।

तर, गत साउन १७ मा आफ्नो घर सबै पहिरोले बगाएको खबर फेसबुकबाट थाहा पाएपछि सरिताले केहि सोच्नै सकिनन् । नेपालमा रहेका सबै आफन्तलाई उनले सोधी खोजि गरिन् तर सबैले फरक फरक जवाफ दिए ।


‘अब घरमा रहेका कुनै सन्तान बाँकी छैनन् भन्ने मैले उतै थाहा पाइसकेको थिए,’ सरिताले भनिन् । आजको राजधानीमा समाचार छ ।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी