
अबुधाबी । युएईको अबुधावी पुलिसफोर्समा कार्यरत एक नेपाली कामदारको फुटबल खेल्दादेल्दै अकास्मात मृत्यु भएको छ ।
अबुधाबीको अलउएन पुलिस फोर्समा कार्यरत चितवनका दिपक अधिकारीको पुटबल खेल्दै गर्दा मृत्यु भएको हो ।
शनिबार आफुले कार्यरत संस्थाकै फुटबल मैदानमा उनी खेल्दा खेल्दै मुर्छा परेका थिए । हतार हतार अस्पतालल लगिए पनि बाटोमै उनको मृत्यु भएको थियो ।
११ वर्षदेखि उनी त्यहाँ कार्यरत थिए । उनले आफ्नो परिवारलाई पनि युएई लगेका थिए । पोष्टमार्टम पछि आवश्यक कागजाद पुरागरी उनको शव नेपाल ल्याइने छ ।

उनका आमाबुबा, एक छोरा र श्रीमती छन् । उनीहरु पनि अधिकारीसँगै युएईमै बस्दै आएका थिए ।
Sponsored Links

