कार्यस्थलमा यौनजन्य दुर्व्यवहार गर्नेलाई तीन महिना कैद हुने भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ । कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारणसम्बन्धी ऐनअनुसार कार्यस्थलमा कुनै पनि यौनजन्य घटना भई अभियोग प्रमाणित भएमा कसुरदारलाई तीन महिना कैद र २५ हजार रुपैयाँ जरिवाना हुने भएको हो ।
कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण गर्नेसम्बन्धी विधेयक राष्ट्रपति डा रामबरण यादवले शुक्रबार प्रमाणीकरण गरेका हुन् । उक्त विधेयक २३ कात्तिकमा व्यवस्थापिका संसदबाट पारित भई राष्ट्रपति समक्ष पेस भएको छ । अन्तरिम संविधानको धारा ८७ बमोजिम विधेयक राष्ट्रपतिले प्रमाणिकरण गरेपछि ऐनका रुपमा कार्यन्वयनमा आउँछ ।
२० असारमा दर्ता भएको विधेयक संसदको बजेट अधिवेशनले पारित गरेको थियो । बजेट अधिवेशनमा आर्थिक विधेयकबाहेक पारित भएको यो एक मात्र विधेयक हो ।सेतोपाटी
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links