Home » » नेपालमा दैनिक ४ वटा भुकम्प

नेपालमा दैनिक ४ वटा भुकम्प

Written By pardapa6adi on Sunday, 13 July 2014 | 10:31 am

काठमाण्डौ असार २८ गते ।
बढ्दो विद्युत्भार कटौतीका कारण भूकम्प मापनसम्बन्धी उपकरण नियमितरुपमा सञ्चालन हुन कठिनाइ भएको छ । अतिजोखिम र संवेदनशील विनासकारी भूकम्प मापन गर्ने मुलुककै एकमात्र केन्द्रीय निकाय राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरमा विद्युत्भार कटौतीले भूकम्प मापनको काम प्रभावकारी बन्न नसकेको हो ।

विद्युत्भार कटौतीले विद्युतीय उपकरण २४ सैँ घण्टा चल्न सकेका छैनन् बिजुलीसँगै इन्टरनेटको पनि उत्तिकै समस्या छ । दूरसञ्चारको नेटवर्क कमजोर हँुदा टेलिफोनको समस्या भइरहेको छ । भूँइचालो आए अटोमेटिक सिस्टमबाट केन्द्रमा टेलिफोनमार्फत जानकारी हुन्छ । केन्द्रमा जनशक्तिको पनि अभाव छ, त्यहाँ हाल भूगर्भ र भूकम्प अध्ययन गरेका आठ जना मात्र कर्मचारी छन् ।

चौबिसँै घण्टा सञ्चालन हुनुपर्ने उपकरणका लागि आवश्यक ऊर्जा तथा प्राविधिक जनशक्ति र स्रोत साधनको समेत अभाव रहेको छ ।

भूकम्प मापन केन्द्रमा उपकरण पर्याप्त भएपनि त्सलाई सञ्चालन गर्ने आवश्यक बिजुली, इन्टरनेत तथा दक्ष पर्याप्त जनशक्तिको अभाव रहेको बताउँछन राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख वरिष्ठ भूगर्भविद् सुधीर रजौरे ।

विदाको दिन र रातको समयमा घरबाटै कम्प्युटर प्रयोग ९कनेक्सन० गरेर त्यसको प्रशोधन गरिन्छ । भूकम्प गएको आधा घण्टामा मात्र मापन प्रशोधन गरेर केन्द्रले जानकारी दिने गरेको छ ।

भूकम्पीय जोखिमको हिसावले नेपाल अति संवेदनशील क्षेत्रमा पर्छ । जनघनत्वका हिसावले काठमाडौँ सबैभन्दा जोखिम रहेको विज्ञहरू बताउँछन् ।

भूकम्पविद् रजौरेका अनुसार काठमाडौँमा अव्यवस्थितरुपमा निर्माण भइरहेका भौतिक संरचना र बढ्दो जनसङ्ख्याको चापका कारण भूकम्पीय जोखिम बढ्दै गएको छ ।
विश्वका सबैभन्दा बढी भूकम्प जाने देशमा जापान र इण्डोनेसिया पर्छन् । जापानमा हप्तामा एक दिन मानिसले थाहा पाउनेगरी भूकम्प आउने गरेको बताइन्छ । नेपालमा तीनदेखि चार महिनामा एक पटक मानिसले थाहा पाउने गरी भूकम्प जाने गरेको पाइन्छ ।

विज्ञका अनुसार नेपालमा दिनमा तीनदेखि चारवटा चार रेक्टर स्केलसम्मका भूकम्प औसतमा गइरहेका हुन्छन् । नेपालको उच्च हिमाली फेदीमूनि १० देखि २५ किमिको गहिराइमा भूकम्प जाने गर्दछ । पाँच रेक्टरभन्दामाथिको भूकम्पले क्षति पु¥याउने गर्छ ।

नेपालमा २१ वटा भूकम्प संवेदन केन्द्र ९सेस्मी स्टेसन० छन् । राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौर र भूकम्प मापन केन्द्र सूर्खेतबाट सेस्मी स्टेसनमार्फत आएका सङ्केतको प्रशोधन गरी भूकम्प मापन गरिन्छ ।

काठमाडौँमा पश्चिम प्युठानदेखि पूर्वीभेगका १२ वटा स्टेसनबाट रेकर्ड हुन्छ । त्यस्तै पश्चिममा रहेका नौवटा स्टेसनबाट सूर्खेतमा रेकर्ड हुन्छ ।
epicenter-crack-copy
भूकम्प मापनका २४ सैँ घण्टा उपकरण अटोमेटिक भूकम्पन रेकर्ड गरिरहेका हुन्छन् । चार रेक्टर स्केलभन्दा ठूला नेपाल तथा नेपाल नजिकमा गएमा यहाँ रहेका उपकरणले जिम्मेवार विशेषज्ञलाई फोन गरेर जानकारी दिन्छन् । यदि उक्त भूकम्प ४।५ रेक्टर स्केलभन्दामाथिको छ भने गृह मन्त्रालयलगायत अन्य सरोकार राख्ने निकाय तथा मिडियालाई फोनबाट जानकारी दिने गरिएको केन्द्रले जनाएको छ । भूकम्पको सूचना केन्द्रको वेभसाइट धधध।कभष्कmयलभउब।िनयख।लउ मा पनि राख्ने गरिएको छ ।
अहिलेसम्म सबै उपकरण विदेशी सहयोगमा आउने गरेको र सरकारले पनि आफ्नो आवश्यकताअनुसार यस्ता केन्द्र तथा उपकरणको विस्तार गर्न जरुरी भएको भूगर्भविद् रजौरेले बताए ।

सन् १९७८ मा स्थापना भएको भूकम्प मापन केन्द्रको स्थापना, सञ्चालन तथा मर्मतमा फ्रान्स सरकारको ९एडिएसइ०ले निरन्तररुपमा आवश्यक सहयोग गर्दै आएको छ ।

भूकम्प उपकरणः भूकम्प संवेदन यन्त्रलाई सिस्मोमिटर भनिन्छ । यसलाई नेपालका विभिन्न स्थानमा रहेका २१ वटा भूकम्प संवेदनशील केन्द्रमा भूसतह ९जमिन० मा राखिएको हुन्छ ।

भूकम्पको भविष्यवाणी गर्न हाल सम्भव नभएता पनि भूकम्प मापन केन्द्र तथा भूकम्पन संवेदन केन्द्रको निरन्तर सञ्चालनले हिमालय क्षेत्रको भूकम्पीय प्रक्रिया तथा भूकम्प जोखिम अनुमानको अध्ययनमा निकै उपयोगी मानिन्छ ।

केन्द्रमा ३६ वर्षदेखि काम गर्दै आएका प्राविधिक उमेशप्रसाद गौतमले हरेक तीन÷चार वर्षमा नयाँ प्रविधि र नयाँ उपकरण आउने गरेपनि त्यसअनुरुपको जनशक्ति र पूर्वाधार खडा हुन नसकेको बताए ।

भूकम्पविद् रमेश पाण्डेले दिनमा पटक–पटक भूकम्प जानेगरे पनि साढे चार रेक्टर स्केलको भूकम्पले मात्र जमिन हल्लाउने भएकाले मापन केन्द्रले त्यसको रेकर्ड राख्ने गरेको बताए ।

नेपालमा प्रयोग भइरहेका भूकम्प मापन प्रविधि उपकरण सार्क राष्ट्रमै सबैभन्दा उत्कृष्ठ मानिन्छ । यस्ता उपकरण भित्रिसक्दा पनि नेपालमा दक्ष प्राविधिक जनशक्ति र उपकरण सञ्चालनका लागि आवश्यक ऊर्जाको अभावले भूकम्प मापनको काम प्रभावकारी हुन सकेको छैन । रासस
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी