काठमाडौ । नेपाली काग्रेसको तर्फबाट रौतहट ५ वाट निर्वाचित सभासद सुनिल यादव जितेन्द्रले किक्रेट खेलाडि जितेन्द्र मुखियालाई अफगानस्तान बिरुद्धको खेलमा उत्कृष्ट प्रर्दशन गरेकोमा सभासद भए वापत आफूले पाउने एक महिनाको तलव दिने घोषणा गरेका छन् ।
रौतहट जिल्लाका जितेन्द्र मुखियाले २०-२० खेलमा पहिलो पटक अफगानस्तानलाई हराउने क्रममा ४ ओभर बलिङ गर्दै १८ रन दिएर ३ विकेट लिदै म्यान अफ द म्याच समेत भएका थिए ।

सभासद जितेन्द्रले खेलाडि मुखियाले खेल मार्फत जिल्लाको प्रतिष्ठा बढाएकोमा उहाँलाई प्रोत्साहन स्वरुप सम्मान गर्न चाहेको हाम्रा कुरालाई बताउनुभयो ।
Sponsored Links