Home » » हिन्दु राष्ट्र 'बटम लाइन': कमल थापा

हिन्दु राष्ट्र 'बटम लाइन': कमल थापा

Written By pardapa6adi on Friday, 30 May 2014 | 9:22 am

काठमाडौ, जेष्ठ १५ - राप्रपा नेपालका नव निर्वाचित अध्यक्ष कमल थापाले सनातन हिन्दु राष्ट्र पार्टीको 'बटम लाइन' भएको बताएका छन् । हालै सम्पन्न महाधिवेशनले पारित गरेका निर्णयलाई  सार्वजनिक गर्दै अध्यक्ष थापाले भने,' अन्य विषयमा केही सहमति हुनसक्छ । तर, हिन्दु राष्ट्र नयाँ संविधानमा नराखे हामी संघर्षमा जान्छौं ।'

निरन्तरतासहितको परिवर्तन अर्थात सम्बर्दनवाद पार्टीको बैचारिक मार्गदर्शक र सिद्धान्त भएको उनले उल्लेख गरे । 'यसमा हामी कसैसँग सम्झौता गर्दैनौं । यस अनुसार हामी निरन्तर संघर्ष गछौं र अघि बढ्छौं । यो प्रथम महाधिवेशनको एजेण्डा हो' उनले भने ।

सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्रको पहिचान नसमेटिएको संविधान आफूहरुलाई मान्य नहुने उनले दाबी गरे । नयाँ संविधान निर्माण क्रममा धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताकाबारे सहमति नभए जनमत संग्रहमा जानु पर्ने उनले उल्लेख गरे ।

उनले भ्रष्टचार  निवारण तथा स्थानीय निकाय निर्वाचनको माग गर्दै देशव्यापी संघर्षका कार्यक्रम गर्ने जानकारी दिए । तर अान्दोलनको स्वरुपबारे भने उनले खासै उल्लेख गरेनन् । 'चाँडै केन्द्रीय समितिको बैठक बस्छ, त्यसले आन्दोलनका खाका र स्वरुप सार्वजनिक गर्छ' उनले भने ।

kamal thapa
महेन्द्रको राष्ट्रवाद, वीपीको मेललिाप नीति, २००७ को प्र्रजातान्त्रिक आन्दोलन र २०६२/०६३ को जनआन्दोलन प्रेरणाको स्रोत भएको उनको भनाई छ ।  तर, १२ बुँदे सहमितलाई भने उनले अपवित्र गठबन्धनको संज्ञा दिए । भारतमा हिन्दुवादी पार्टीको सरकार गठन भएपनि नेपालमा त्यसको खासै प्रभाव नपर्ने उनले बताए ।

'हामी पनि हिन्दुवादी भाजपा पनि  हिन्दुवादी, उसको जितमा खुशी छौं र बधाई पनि दिन चाहन्छों,  तर हाम्रो मुलुकको विकास र समृद्धि लागि हामी आफैले सोच्नुपर्छ' उनले भने । सबल र समृद्ध मुलुक निर्माणका लागि अर्थतन्त्रको सुधार र आर्थिक विकासलार्य पार्टीको उच्च प्राथमिकतामा राखेको उनको भनाई छ ।

३० वर्षे 'दीर्धकालीन राष्ट्रिय विकास कार्ययोजना' महत्वाकाँक्षी योजना सार्वजनिक गरिने उल्लेख गर्दै उनले दस वर्षभित्र आर्थिक बृद्धिलाई दुई अंकमा पुर्‍याउने लक्ष्य रहेको बताए ।

१५ वर्षभित्र मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गरिने उल्लेख गर्दै उनले रोजगारीका लागि युवा विदेशमा भौतारिनु नपर्ने बताए । तीस वर्षभित्र प्रति व्यक्ति आय विकसित मुलुको दाँजो पुर्‍याउनेसमेत उनले दाबी गरे ।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी