३ कात्तिक, काठमाडौ । भिजिट भिसामा विदेश जाने नेपालीका लागि नयाँ मापदण्ड लागू गरिएको छ । अबदेखि भिजिट भिसामा विदेश जाँदा न्यूनतम हजार अमेरिकी डलर अनिवार्य बोक्नुपर्नेछ ।
गृह मन्त्रालयले भिजिट भिसामा विदेश जाँदा चाहिने न्यूनतम विदेशी मुद्रालाई पाँच सय डलरबाट दोब्बर बनाइएको नयाँ पत्रिकामा खबर छ ।
अध्यागमन विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले भिजिट भिसामार्फत हुने मानव तस्करी रोक्न र अन्तर्राष्ट्रिय प्रचलन अनुसार हजार डलरको प्रावधान लागू गरिएको बताए । नयाँ मापदण्डले भिजिट भिसा सम्बन्धी प्रक्रियालाई ब्यवस्थित बनाउने उनको भनाइ छ ।
भिजिट भिसाामा विदेश जान खोज्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वसाधारण, अध्यागमनका कर्मचारी तथा प्रहरीबीच दैनिकजसो विवाद हुने गरेको छ । कोही साँच्चिकै घुम्नै जान लाग्दा पनि अध्यागमनले फर्काइदिने गरेको छ भने कोही काम गर्ने उद्देश्यले भिजिट भिसामा विदेश जान सफल हुने गरेका छन् । अबदेखि यस्ता समस्या नहुने महानिर्देशक ढकालको भनाइ छ ।
‘कुनै ब्यक्तिलाई फर्काउनुपरे हामी फर्काइनुको कारणसहितको चिठी दिनेछौं,’ उनले भने, ‘मापदण्डअनुसार कागजपत्र पूरा गरेका ब्यक्तिलाई फर्काउदैनौं ।’ नयाँ मापदण्ड अनुसार हजार डलर नभए ‘स्पोन्सर लेटर’ तथा कुनै कार्यक्रममा भाग लिन जान लागको भए त्यससम्बन्धी पत्र अनिवार्य रुपमा चाहिन्छ ।
Sponsored Links