Home » » के तपाईको फेसबुकमा पनि अन्जान केटीको म्यासेज आउँछ ?

के तपाईको फेसबुकमा पनि अन्जान केटीको म्यासेज आउँछ ?

Written By pardapa6adi.com on Sunday, 23 November 2014 | 7:32 am

होस गर्नुहोला, अपरिचितलाई रिप्लाइ गर्दा फस्न सक्नुहुन्छ !
काठमाडौं । तपाईको फेसबुक म्यासेज बक्समा कुनै विदेशी केटीले म्यासेज पठाएकी हुन सक्छिन् । म्यासेजमा हाइ, हेल्लो, रेस्पोन्स मी, इमेल मी, क्यान आइ बी योर फ्रेन्ड ? इत्यादि लेखिएको हुन सक्छ ।

यसरी पठाइने गरेका फेसबुक म्यासेजमा प्रायः यस्तो अनुरोध गरिएको हुन्छ- हेल्लो, मेरो नाम फलानी हो, म सिंगल केटी हुँ । म तिम्रो फेसबुकको प्रोफाइल देखेर आकषिर्त भएँ र तिमीलाई साथी बनाउने निर्णय गरें । कृपया यो इमेलमा मलाई रिप्लाइ गर्‍यौ भने म तिमीलाई मेरा बारेमा थप बताउनेछु र मेरा केही तस्वीरहरु पनि पठाउने छु । म तिम्रो रिप्लाइ पर्खिरहेकी छु…. इत्यादि ।’

अधिकांश पुरुषहरुको फेसबुक म्यासेज बक्समा झर्ने यस्ता सन्देशमा प्रायः अफ्रिकी मूलका केटीहरुको नाम र तस्वीर प्रयोग गरिएको पाइन्छ । कतिपयले अरुकै तस्वीर प्रयोग गरेर पनि यस्तो धन्दा गरिरहेका हुन सक्छन्।अनुभवी फेसबुक प्रयोगकर्ताहरुका अनुसार यस्ता म्यासेजका पछाडि दुईवटा उद्देश्य लुकेका हुन्छन् । या त उसले तपाईसँग पैसा माग्छे, या तपाईको इमेल आइडी ह्याक गर्न कसैले इमेल फुत्काउन खोजिरहेको हुन सक्छ ।

तपाईले ह्याकरलाई कुनै रिप्लाइ गर्नुभयो भने उसले तपाईको इमेल ह्याक गरेर तपाईकै इमेल आइडीबाट आफन्तलाई यस्तो सन्देश पठाउन सक्छ, ‘म अहिले फलानो ठाँउमा अलपत्र परेको  छु, युरोप जानेक्रममा पासपोर्ट र पैसा लुटिएकाले केही पैसा सहयोग गर्नुहोला, पछि नेपाल फर्केर तिर्नेछु ।’

फेसबुकबाट आकर्षक तस्वीर पठाइदिने प्रलोभनका आधारमा अपरिचित व्यक्तिले तपाईको इमेल मागेपछि त्यसैका आधारमा तपाईको पासवर्ड ह्याक गर्न ह्याकरहरुलाई सजिलो हुन्छ । त्यसैले अपरिचित एवं शंकास्पद व्यक्तिले तपाईसँग इमेल माग्दैछ भने तपाईले सतर्क हुन जरुरी हुन्छ ।अफ्रिकाका कतिपय गरीब युवतीहरुले इन्टरनेटबाट सम्बन्ध विस्तार गरी पैसा माग्ने गरेको अनुभव पनि केही नेपाली फेसबुक युजरहरुले अनुभव हासिल गरेका छन् । 
सतर्क हुनुहोला, नचिनेका विदेशी केटीको म्यासेज आयो भन्दैमा जवाफ दिने वा संगत गर्ने चक्करमा नलाग्नुहोला।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी