Home » » स्कुलको लापरबाहीले भारत नैनीतालमा नेपाली विद्यार्थीको ज्यान गयो

स्कुलको लापरबाहीले भारत नैनीतालमा नेपाली विद्यार्थीको ज्यान गयो

Written By pardapa6adi on Monday, 17 November 2014 | 12:12 pm

SJANA-PRAJAPATI

काठमाडौं : स्कुलको लापरबाहीले भारतको उत्तराखण्डस्थित नैनीतालमा एक नेपाली विद्यार्थीको ज्यान गएको छ । नैनीतालको एक एक स्कुलमा कक्षा ९ मा अध्ययनरत काठमाडौंका १४ वर्षीय शान प्रजापतिको दिल्लीमा उपचारका क्रममा ज्यान गएको हो ।

शानले आफू बिरामी रहेको खबर उनको परिवारलाई गरेपनि स्कुल प्रशासनले समयमा उपचार गर्न चासो नदिँदा उनको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

स्कुलमै गम्भीर विरामी परेका उनको नयाँ दिल्लीको नोयडास्थित एपोलो अस्पतालमा उपचारका क्रममा शुक्रबार ज्यान गएको हो । शानको ज्यान गएपछि उनकी आमा निनाले स्कूल प्रशासनविरुद्ध दिल्ली प्रहरीमा जाहेरी दिएकी छन् ।

द टाइम्स अफ इन्डियाका अनुसार दिल्लीमा उपचार रेफर गर्नुअघि भर्ना गरिएको हल्दवानी बम्बई अस्पतालका डाक्टर शैलेन्द्र मिश्रले शानलाई रगतमा गम्भीर खालको समस्या देखिएको बताएका छन् ।

भारतीय सञ्चारमाध्यमहरुले शानको ज्यान जानुको कारण रगतमा देखिने समस्या स्पेटिसेमिया भएको उल्लेख गरेका छन् । शानकी दिदी तेजस्वीनी प्रजापतिले भाइ विरामी भएपछि उपचार गराउन भन्दा स्कूल प्रशासनले चासो नदिएको बताएकी छन् ।

फोटो :शानले अध्ययन गरेको कलेज
नोयडास्थित दिल्ली प्रहरीका एसपी योगेन्द्र कुमार यादवले शानको मृत्यु स्कुलको लापरबाहीले भएको भन्दै आमा निनाले जाहेरी दर्ता गराएकी  खबर देहरादुन अमरउजालाले लेखेको छ । शानको ज्यान गएपछि उत्तराखण्डकै प्रतिस्ठित कलेजका कर्तुतहरु एक पछि अर्को बाहिर आएको खबर दैनिक उत्तराखण्डले प्रकाशित गरेको छ ।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी