Home » » संविधानका मुद्दामा कांग्रेस-एमाले प्रस्तावमा मधेसवादी 'सकारात्मक'

संविधानका मुद्दामा कांग्रेस-एमाले प्रस्तावमा मधेसवादी 'सकारात्मक'

Written By pardapa6adi.com on Friday, 21 November 2014 | 9:30 am

एमाओवादी गठबन्धनमा रहेका मधेस केन्द्रित दलहरू संविधानका मुद्दामा कांग्रेसर एमालेसँग सकारात्मक देखिएका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । एमालेसँग बिहीबार सिंहदरबारमा भएको बैठकमा मधेसी नेताहरूले संविधानका अधिकांश विषयमा एमाओवादीसँग भन्दा कांग्रेस-एमालेसँग निकट रहेको धारणा राखेका हुन्।

बैठकमा मधेसी नेताले संविधानका विषयवस्तुमा चेक लिस्ट बनाएर तुलना गर्ने हो भने ७५ प्रतिशतभन्दा बढी विषय एमालेसँग मिल्ने भदै लचिलो धारणा राखेका थिए।

बैठकमा सहभागी तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठीले छलफल सकारात्मक भएको जानकारी दिए। उनले  भने, एमालेले लचिलो भएर छलफलका लागि बोलाउनु आफैंमा सकारात्मक हो। एमाले नेताले खुला ढंगले कुरा राख्नुभयो, हामीले पनि राख्यौं।

एमाले मुख्य सचेतक अग्नि खरेलका अनुसार बैठकमा ओलीले संविधानसभाबाट संविधान बनाउने मार्गप्रशस्त गर्न आग्रह गरेका थिए। कांग्रेस-एमालेको साझा धारणा प्रस्ताव हो, अन्तिम हैन। तपाईंहरूका गुनासा सम्बोधन हुन्छन्, ओलीले भने, दुईतिहाई बहुमत जुटाएर प्रस्ताव ल्याए भनेर तर्सिनु वा आत्तिनु जरुरी छैन। कम्प्रोमाइज पनि हुन्छ। ओलीले मधेसकेन्द्रित दलहरू र कांग्रेस(एमालेले अघिल्लो संविधानसभामा सहकार्य गरेको समेत स्मरण गराउँदै साझा धारणा परिमार्जन गर्न सकिने बताए।


एमाले नेताहरूले छलफल गरी साझा धारणा बनाएर जानसक्छौं भन्नुभो  त्रिपाठीले भने, संघीयता र निर्वाचनप्रणालीमा केही अन्तर छ, शासकीय स्वरूप, न्यायप्रणालीलगायत लोकतन्त्रका आधारभूत विषयमा हाम्रा समान धारणा छन् भन्नुभयो।

संघीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले संविधान निर्माणका ७५ प्रतिशतभन्दा बढी विषयमा एमालेसमेतले ल्याएको साझा धारणा मधेसकेन्द्रित दलसँग पनि मिल्ने बताए। अन्नपुर्ण पोस्ट :
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी