Home » » के तर्पांलाई ब्लड प्रेसरले सताएको छ ? यसो गर्नुहोस् !

के तर्पांलाई ब्लड प्रेसरले सताएको छ ? यसो गर्नुहोस् !

Written By pardapa6adi on Friday, 21 November 2014 | 10:05 pm

के तर्पांलाई ब्लड प्रेसरले सताएको छ ? ब्लडप्रेसरको उपचार गराउन कैयन अस्पताल धाएर पनि दिक्क हुनुभएको छ भने यी धरेलु उपचार गर्नुहोस् ।यसले तपाईंलाई राहत दिन सक्छ । नेपालमा परम्परागत रुपमा घरेलु उपचार हुने गरेको छ भने दैनिक रुपमा प्रयोग गरिने खाद्य सामग्रीहरु पनि औषधिका रुपमा प्रयोग गर्न सकिन्छ । हामीले खाने तरकारीमा मेथी फुराउने गरेका छौं । त्यसका साथै लसुन पनि पिसेर हाल्ने गरेका छौं जसका कारण खाना स्वादिष्ट बन्ने गर्दछ । 

 मेथी खाना स्वादीष्ट पार्ने मसला मात्र नभएर रक्तचापको अचुक औषधिका रुपमा प्रयोग गर्न सकिन्छ । रक्तचापका बिरामीले मेथिको साग र मेथिको गेडा अत्याधिक रुपमा प्रयोग गर्दा रक्तचाप सन्तुलनमा आउँछ । त्यसैगरी हामीले कहिलेकाँही प्रयोग गर्ने हिमाली जडिबुटी जटामसीको दैनिक दुई पटक प्रयोग गर्दा उच्च रक्तचाप नियन्त्रणमा आउँछ ।

त्यस्तै पीप्लाको फल दुई ग्राम र अश्वगन्धा ३ ग्राम मिसाएर दिनमा एक पटक सेवन गर्दा उच्च रक्तचाप नियन्त्रणमा आउँछ । हाम्रै घरमा पाइने रुख कटहरको पाकेको फल वा यसको पत्ताको रस नियमित सेवन गर्नाले उच्च रक्तचाप नियन्त्रणमा आउँछ । उच्च रक्तचाप नियन्त्रणका लागि अर्को घरेलु औषधिका रुपमा कमलको फूल प्रयोग गर्न सकिन्छ । 

तीन वटा कमलको फुललाई पानीमा उमालेर सक्खर मिसाएर प्रयोग गर्दा रक्तचाप नियन्त्रणमा आउँछ । सर्पगन्धाको जुणेको धुलो बनाएर दुई ग्रामका दरले दिनमा दुई पटक प्रयोग गर्नाले रक्तचाप सन्तुलनमा आउँछ । हिङ्गको प्रयोगले पनि रक्तचापलाई सन्तुलनमा राख्छ । 

यसको प्रयोग नियमित गर्नले अन्य रोग नियन्त्रणमा पनि सहयोग पुग्छ । त्यस्तै लसुनको पोटी हरेक दिन सवेरै खाली पेटमा दुई पोटी लसुन खानाले रक्तचाप लगायत अन्य रोग नियन्त्रणमा पनि सहयोग पुग्छ । त्यस्तै प्याज उच्च रक्तचापका विरामिका लागि अचुक औषधि हो । 

Causes of High Blood Pressure:
आधुनिक विज्ञानको अनुसन्धानले पनि प्याजमा क्वरसेटीन रसायन पाइने र उक्त रसायनले एन्टी अक्सीडेन्ट फ्लोवेनेल उत्पादन गर्ने र हृदय रोग नियन्त्रणमा यो रसायनले औषधिको काम गर्ने प्रमाणीत भएको छ । यसले उच्च रक्तचाप नियन्त्रणमा पनि भुमिका खेल्दछ । अब तपाईंले यी घरेलु औषधिको प्रयोग गर्नुभयो भने उच्च रक्तचाप त हराउँछ नै अन्य रोकको संक्रमण पनि घट्ने सम्भावना पनि उच्च रहन्छ ।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी