Home » » गोली हानेर नेपाल एसबीआई बैकको बीस लाख लुटियो

गोली हानेर नेपाल एसबीआई बैकको बीस लाख लुटियो

Written By pardapa6adi on Tuesday, 18 November 2014 | 1:12 pm


रौतहट : रौतहटको चन्द्रनिगाहपुरस्थित मेन रोडमा रहेको नेपाल एसबीआई बैकबाट रकम झिकेर निस्केका आइडी बैंकका गार्डलाई गोली हानी एउटा समुहले २० लाख लुटेका छन्। चन्द्रनिगाहपुरमै रहेको आइडी बैक( इन्फ्रास्ट्रक्‍चर डेभेलपमेन्‍ट बैंक)का गार्ड टेक बहादुर कार्कीलाई तिघ्रामा दुई गोली हानी रकम लिएर भागेको आइडी बैकका मेनेजर बासु भट्टराइले बताए।

गार्डसँगै रकम लिन नेपाल एसबीआई बैक गएका आइडी बैकका कर्मचारी उज्जव रिजाललाई लुटेरा समुहले कुटपिट गरेका छन्। नेपाल एसबीआई बैकबाट २० लाख रकम लिएर बैकबाट निस्कंदै गर्दा भ:याङमा गार्डलाई गोली हानिएको थियो।

image
फोटो :फणि महत (गोली हानी रकम लुटिएको बैक।) annapurnapost
प्रत्यक्षदर्शीका अनुसार लुटेरा समुह दुईवटा मोटरसाइकलमा आएको र गोली हानी रकम लिएर फरार भएको बताए। घाइते भएका कार्कीको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको र लुटेरा समुहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी