Home » » फेसबुकले सुरु गर्‍यो धन्यवाद सेवा, अब भिडियोबाटै दिनुहोस् साथीलाई धन्यवाद

फेसबुकले सुरु गर्‍यो धन्यवाद सेवा, अब भिडियोबाटै दिनुहोस् साथीलाई धन्यवाद

Written By pardapa6adi on Monday, 17 November 2014 | 10:25 am

काठमाडौं । अब तपाइँ आफ्ना फेसबुक साथीलाई नयाँ तरिकाबाट धन्यवाद दिन सक्नुहुन्छ । फेसबुकले यसका लागि नयाँ टूल ‘से थ्यांक्स्’ सुरु गरेको छ ।

यो एउटा यस्तो टूल हो जसका माध्यमबाट फेसबुक प्रयोगकर्ताले आफ्ना साथीको लागि भिडियो कार्ड बनाउन सक्छन् । आफ्नो साइटमा बढि भन्दा बढि भिडियो शेयर गराउने उद्देश्यमा लागेको फेसबुकले सोही योजना मुताविक प्रयोगकर्तालाई बढि भन्दा बढि भिडियो शेयर गराउन से थ्यांक्स् सेवा सुरु गरेको बताइएको छ ।

फेसबुकका अनुसार थ्यांक्स् टूलमा प्रयोगकर्ताहरुले पहिले नै तय भएको ‘थिम्स’ मा आफ्नो तस्वीर तथा भनाइ राखेर भिडियो कार्ड बनाउन सक्नेछन् ।

यो टूलका माध्यमबाट प्रयोगकर्ताले तयार गरेको भिडियो कार्डलाई आफ्ना साथीको टाइमलाइनमा पोष्ट गर्न सक्छन् ।

प्रयोगकर्ताले फेसबुकमा रहेका आफ्ना साथी, नातागोता तथा सहकर्मीका लागि आफुले चाहेको संख्यामा निजि भिडियो बनाउन सक्छन् ।

‘लाखौँ मानिसले साथीहरुसँग सम्पर्कका लागि दिनहुँ फेसबुकको प्रयोग गर्छन् र त्यो विषय उनीहरुका लागि निकै महत्वपूर्ण हुन्छ । तपाइँको साथी तपाइँको फेसबुक अनुभवको केन्द्रविन्दुमा रहन्छ । त्यसैले तपाइँको मित्रताको खुसीयाली मनाउने नयाँ तरिकाको खोजी हामीले गरिरहेका हुन्छौँ’, फेसबुकले आफ्नो ब्लगपोष्टमा भनेको छ ।

फेसबुकका अनुसार यो सेवा डेक्सटप कम्प्युटर र मोबाइल जुनसुकै माध्यमबाट फेसबुक चलाउनेले उपयोग गर्न सक्नेछन् ।

से थ्यांक्स् भिडियो बनाएर साथीलाई धन्यवादको उपहार दिनका लागि सबैभन्दा पहिले आफ्नो एक जना फेसबुक फ्रेण्ड छनोट गर्नुपर्छ यसका लागि विभिन्न ४ थिम्स मध्ये एउटा थिम्स छनोट गर्नुपर्नेछ । त्यसपछि फेसबुकले उक्त साथीसँग सम्बन्धित विभिन्न तस्वीरहरु खोजिनिति समेत गरेर विभिन्न भनाइ उधृत गर्दै भिडियो तयार गरिदिनेछ । त्यसपछि सो भिडियो व्यक्ति स्वयम् र छानिएको साथीको टाइमलाइनमा शेयर गर्न सकिनेछ ।


स्मरण रहोस् गएको फेब्रुअरीमा पनि फेसबुकले यस्तैखाले नयाँ प्रयोग गरेको थियो । आफ्नो दशौँ वर्षगाँठ बनाउनका लागि फेसबुकले प्रयोगकर्ताहरुलाई भिडियो सेवा उपलब्ध गराएको थियो जसमा प्रयोगकर्ताले बितेका वर्षमा आफ्नो फेसबुक अनुभव जाहेर गर्न सक्थ्यो । अनलाईन खबर
आफ्नो साथीलाई धन्यवाद दिने नयाँ सेवा प्रयोग गर्न यहाँ   https://www.facebook.com/thanks क्लिक गर्नुस !
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी