Home » » प्रहरी इन्काउन्टरमा फेरी एक जना मारियो, तीन पक्राउ

प्रहरी इन्काउन्टरमा फेरी एक जना मारियो, तीन पक्राउ

Written By pardapa6adi.com on Saturday, 22 November 2014 | 6:38 pm


प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका एक ब्यक्ति प्रहरी कारबाहीमा मारिएका छन्। भारत महाराजगंज घर भएका ३० वर्षीय सरफ रोस रूपन्देही प्रहरीले शनिबार दिउँसो गरेको इन्कान्टरमा मारिएका हुन्।

रोस रुपन्देहीको बिष्णुपुरा गाविस वडा नं ५ मा मारीएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र ढकालले बताए।


नेपाल प्रहरीको उच्च निगरानीमा रहेका उनलाई प्रहरीले लुम्बिनीदेखि सालझण्डी जाने सडक खण्डको बिष्णुपुरा नजिक बाटोमा जवाफी कारबाहीको क्रममा उनी मारिएको ढकालले बताए। उनले प्रहरी देख्नासाथ गोली प्रहार गरेपछि प्रहरीले जवाफी कारबाही गरेको ढकालको भनाइ छ।

युपि ५५ सि ४३४३ र युपि ५ पि ५८६३ भारतीय नम्बर प्लेटको मोटरसाईकलमा सवार चार मध्ये बाँकी तीनले भने आत्मसर्मर्पण गरेको प्रहरी उपरिक्षक ढकालले बताए।


पक्राउ पर्नेमा धमौली ७ रुपन्देहीका २२ वर्षीय अकलेश यादव , कपिलवस्तु बिजुवा ६ का २९ वर्षीय अकिल अहमद फकिर मुसलमान र कपिलबस्तु नन्दनगर २ का २५ वर्षीय हफी जुल्लाह छन्।

प्रहरीले उनीहरुको साथबाट एक थान सिक्सर, दुई थान पेस्तोल र त्यसमा लाग्ने १५ थान गोली समेत बरामद गरेको छ।

प्रहरी कारबाहीमा मारिएका सरफ दुई महिना अगाडि भैरहवाका आकाश गुरुडको अपहरण गरी हत्यामासमेत संलग्न रहेका उनीहरूको प्रहरीले लामो समयदेखि खोजी गरिरहेको थियो। भगवती पाण्डे सेतिपाटी 
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी