Home » » आइफोन ६ प्लस र ग्यालेक्सी नोट ४ यी दुई मोबाइलको रोचक प्रतिस्पर्धा

आइफोन ६ प्लस र ग्यालेक्सी नोट ४ यी दुई मोबाइलको रोचक प्रतिस्पर्धा

Written By pardapa6adi on Tuesday, 18 November 2014 | 10:01 am

काठमाडौ, मंसिर २ - अहिले मोबाइल फोनको इतिहासमा सबैभन्दा ठूलो लडाई सुरु हुने भएको छ । पहिलो पटक एप्पलले फ्याबलेटतर्फ ध्यान दिएको छ । जहाँ सामसुङले पछिल्लो ४ वर्षयता आफ्नो प्रभुत्व जमाइरहेको छ । दुई ठूला कर्पोरेट, दुई अलग अलग आइडिया र दुईथरी धेरै संख्याका मोबाइल फोनले बजारमा प्रतिस्पर्धा गरेका, पूरा फरक तरिकाले । मोबाइल फोनको प्रतिस्पर्धा कहिल्यै रोकिएको छैन । तर हालै सार्वजनिक भएका एप्पलको आइफोन ६ प्लस र सामसुङको ग्यालेक्सी नोट ४ को प्रतिस्पर्धा अहिलेसम्मकै ठूलो हुने दाबी विज्ञहरूले गरेका छन् ।

डिजाइन

दुबैको सेटको डिजाईनलाई पहिले दाँज्न सहिन्छ । आइफोन लामो समयदेखि आफ्नो डिजाइनका लागि अग्रस्थानमा छ । त्यही सामसुङको डिजाइनलाई अन्तर्राष्ट्रिय बजारमा खासै सुन्दर मानिदैन । आइफोन ६ प्लसको तौल १ सय ७२ ग्राम छ भने ग्यालेक्सी नोट ४ को तौल १ सय ७६ ग्राम छ । आइफोन ६ प्लसको स्टाइललाई  उत्पादक कम्पनीले राम्रो तरिकाले समायोजन गरेको छ । 'सुपर स्लिक' भएकाले हातमा साबुन नै समाते जस्तो लाग्ने गरेर सेट डिजाइन गरेको छ । तर क्यामेरा राम्रो देखिएको छैन ।

सामसुङले आफ्नो चौथो जेनेरेसनको फ्याबलेट लाई 'अपग्रेड' गरेको छ । तर यसले कुनै सौन्दर्य प्रतियोगिता जित्ने छैन । यसका सेटलाई व्यवहारिक भन्न सकिन्छ । प्रयोग गरिने 'की' पहिले कै जस्तो सबै उही ठाऊँमा छन् । सामसुङका सेटमा मोटोरोला, एचटीसी या एलजी जस्तो प्रयोगको फरक तरीका पनि अपनाइएका छैनन् । यो आइफोन ६ प्लसको तुलनामा सस्तो भने छ ।

विशेषता

आइफोन ६ प्लसको 'होमस्क्रिन' ल्यान्डस्केप र पोट्रेट दुवै तरिकाले चलाउन सकिन्छ । आइप्याडबाट प्रभावित भएकाले यसमा केही आइप्याडसँग मिल्दो 'फङसन' राखिएको छ । ग्यालेक्सी नोट ४ को बढी याद हुने एउटा फरकपना भनेको यसमा रहेको 'एस पेन' हो । स्क्रिनमा प्रयोग गर्न सकिने यो पेनले लेख्न सकिन्छ । नोटको स्क्रिनमा एप चलाएर उक्त स्क्रिनलाई टुक्रयाउने, कुनै पनि साइजमा कुनै पनि ठाउँमा राख्न सकिन्छ । चलाइ रहदाँ सामसुङको नोट ४ आइफोन ६ प्लसभन्दा छिटै तातो हुने समस्या भने देखिएको छ ।  


सफ्टवेयर

एप्पलको सेटमा सजिलो टचआईडी सेक्युरीटी र एप्पल पे सफ्टवेयरलाई समावेश गरेको छ । सामसुङले औलाले स्क्रिन सारेर सेक्युरीटी सेन्सरलाई नियमितता दिएको छ । त्यस्तै मुटुको धड्कनबाट सेन्सर प्रयोग गर्न सकिने 'एस हेल्थ फिटनेस सफ्टवेयर' पनि सामसुङले थपेको छ । यो क्यामेराको फ्ल्यासका लागि प्रयोग हुने छ । सामसुङले एप्पलको तुलनामा सफ्टवेयरलाई अनुकुल तरिकाले मिलाएको छ । आइफोन ६ प्लसमा एप्पलको ए८ चिपसेट प्रयोग गरिएको छ । यसमा डुअल कोर १ दशमलब ४ गिगाहर्ज सीपीयु, क्वाडकोर पावर भीआर जीएक्स ६४५० जीपीयू र ३ जीबी र्‍यान्डम एक्सेस मेमोरी रहेको छ । त्यस्तै ग्यालेक्सी नोटमा क्वालकोम स्न्यापड्रयागन ८०५ चिपसेट, क्वाडकोर २ दशमलब ७ गिगाहर्ज सीपीयू एड्रेनो ४२० जीपीयू र ३ जीबी र्‍यान्डम एक्सेस मेमोरी छ ।


क्यामेरा

आइफोन ६ प्लसमा रहेको ८ मेगापिक्सलको क्यामेराको फिचर 'किलर' भएको रिभ्युमा देखिएको छ । एप्पलले सुधारिएको एफ २ पोइन्ट २ सेन्सरमा ट्रयुटोन डुअल लेड फ्ल्यास र ओआईएसलाई समायोजन गरेको छ । सटर स्पिड र कलरको सही रूप लिनका लागि आइफोनको क्यामेरा सही छ । थोरै प्रकाशमा पनि राम्रो फोटो निकाल्न सकिन्छ ।  त्यही ग्यालेक्सी नोट ४  को क्यामेरा १६ मेगापिक्सलको छ । यसको फोटोको गुणस्तरलाई आइफोनभन्दा कम आक्न सकिदैन । तर नोटको क्यामेराका लागि धेरै प्रकाश हुन आवश्यक भएको भन्दै आलोचना भएको छ ।


ब्याट्री


ठूला स्क्रिनसँगै फ्याब्लेटमा बढी मात्राको ब्याट्री राख्ने स्थान पनि प्रशस्त हुनु फाइदा हो । आइफोन ६ प्लसमा २ हजार ९ सय १५ 'मिलिएम्प आवर' र ग्यालेक्सी नोटमा ३ हजार २ सय २० 'मिलिएम्प आवर' ब्याट्री छ । यसको परिणाम लामो समय ब्याट्री प्रयोग गर्न सकिन्छ । गेम खेल्नेका लागि पनि यी दुबैका व्याट्रीले हतार हतार 'फुल चार्ज' गर्न दौडिनु पर्ने छैन । एप्पल र सामसुङले ल्याएका दुबै नयाँ सेटमा रहेका सुविधाका कारण यसवर्षको प्रतिस्पर्धा बढी रोचक हुने छ । तर कति एप्लिकेसन डाउनलोड गरिन्छ, त्यसले पनि सेटले दिने सुविधाको निक्र्योल हुन्छ । सामसुङको ब्याट्री आधा घन्टामै ५० प्रतिशत चार्ज गर्न सकिन्छ । त्यही आइफोना ६ प्लसका लागि चार्जको समय बढी लाग्ने छ । ईकान्तिपुर 
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी