Home » » लामो समयदेखि अलग बस्दै आएका नरेन्द्र मोदीकि पत्नीले ब्यक्त्त गरिन संगै बस्ने चाहाना

लामो समयदेखि अलग बस्दै आएका नरेन्द्र मोदीकि पत्नीले ब्यक्त्त गरिन संगै बस्ने चाहाना

Written By pardapa6adi.com on Sunday, 23 November 2014 | 10:17 am

काठमाण्डु, ६ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पत्नी जशोदा बेनले पतिसँगै बस्ने चाहना व्यक्त गरेकी छन् ।

मोदी र जशोदा लामो समयदेखि अलग बस्दै आएका छन् । जशोदाले मोदी लिन आए आफू जहिल्यै जान तयार रहेको बताइन् ।
‘उहाँ लिन आएको खण्डमा म जतिबेला पनि जान तयार छु’, परिवारका सदस्यहरुका साथ मुम्बई घुम्न आएकी उनले सञ्चारकर्मीलाई भनिन्, देवीमाताको इच्छा भयो भने म प्रधानमन्त्रीको साथमा उहाँकै निवासमा रहन चाहन्छु ।’

मोदीको साथमा बस्न पाए आफू खुसी हुने उनको भनाइ थियो । यद्यपि उनले प्रधानमन्त्री मोदीले आफूलाई आउन नभनेको बताएकी छन् ।
६२ वर्षीया जशोदा र मोदीबीच कानुनी सम्बन्ध रहे पनि पारिवारिक र भावनात्मक सम्बन्ध टुटेको वर्षार्ै बितेको छ । ६२ वर्षीया जशोदा पूर्वशिक्षिका हुन् ।

पारिवारिक सम्बन्धमा खटपट आएयता उनी उत्तरी गुजरातस्थित माइतीघरमा बस्दै आएकी छन् । मोदी प्रधानमन्त्री भएपछि उनको सुरक्षाका लागि सरकारले दुई सुरक्षाकर्मी खटाएको छ ।

modi-wife

मुम्बईमा भने उनी सुरक्षाकर्मीको बाक्लो सुरक्षा घेरामा देखिएकी थिइन् । मोदी र जशोदाबीच सन् १९६८ मा किशारोवस्थामै मागी विवाह भएको थियो ।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी