अहिले नेपालमा ठ्याक्कै कति बज्यो होला ?
यसपालि एउटा घडी किनियो । घडीको समय चलनचल्ति अनुसार पसलमा भएको भित्ते घडि हेरेर पसलवालाले मिलाई दियो। घडी लिएर म घर पुगें। ल्यापटप, डेस्कटप, भित्तेघडी, नाडिघडी गरेर समयको जानकारी दिने जम्माजम्मि १२ वटा भाँडाहरु घरमा रहेछन्। तर बिडम्वना, कुनै पनि घडीहरुले दिने समय एउटै थिएन। कुनैमा सकेण्डको अन्तर त कुनैमा मिनेटको अन्तर। कम्तिमा नयाँ घडीमा नेपालको सही समय राख्नु पर्यो भन्ने ठानेर म आफ्नो घडी लिएर सही समय मिलाउन बसें।
अब म अन्यौलमा परें, नेपालमा सही समयको जानकारी दिने निकाय कुन होला ? म रेडियो नेपालले दिने समाचार कुरेर बसें। हाम्रो स्टुडियोको घडीमा अहिले ठ्याक्क बेलुकाको ७ बज्यो भने पछि मैले मेरो घडी मिलाएँ। त्यसपछि विभिन्न एफएम स्टेसनहरुसँग समय मिलान गर्न थालें। कुनै पनि एफएम स्टेसनहरुले दिने समयमा एकरुपता थिएन।
कार्यालयतिर साथीभाइहरुको घडी पनि रुजु गरेँ, कसैको समयमा एकरुपता थिएन। मलाई मेरो घडिको समयमा यकिन भएन।
फेरि बीबीसीमा हरेक समाचारहरुको अगाडि बजाइने टिक, टिक, टिक, अनुसार समय मिलाएँ। अझै चित्त नबुझेर इन्टरनेटमा खोज्न थालें। एउटा time.is भन्ने website रहेछ। त्यसले प्रयोगकर्ताको computer मा भएको समय खोजेर ‘Your time is …seconds fast or slow’ भन्ने जानकारी दिँदो रहेछ । त्यो समय पनि मिलाएर हेरेँ, मलाई अझै चित्त बुझेन ।

नेपालमा कुनै यस्तो निकाय छैन, जसले ठ्याक्कै यति बज्यो भनेर जानकारी दिन्छ होला ? यस अनुसार समय मिलाएमा सबै नेपाली हरुको घडीमा एउटै समय हुने थियो कि ? मेरो संसार बाट लिईएको
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
यसपालि एउटा घडी किनियो । घडीको समय चलनचल्ति अनुसार पसलमा भएको भित्ते घडि हेरेर पसलवालाले मिलाई दियो। घडी लिएर म घर पुगें। ल्यापटप, डेस्कटप, भित्तेघडी, नाडिघडी गरेर समयको जानकारी दिने जम्माजम्मि १२ वटा भाँडाहरु घरमा रहेछन्। तर बिडम्वना, कुनै पनि घडीहरुले दिने समय एउटै थिएन। कुनैमा सकेण्डको अन्तर त कुनैमा मिनेटको अन्तर। कम्तिमा नयाँ घडीमा नेपालको सही समय राख्नु पर्यो भन्ने ठानेर म आफ्नो घडी लिएर सही समय मिलाउन बसें।
अब म अन्यौलमा परें, नेपालमा सही समयको जानकारी दिने निकाय कुन होला ? म रेडियो नेपालले दिने समाचार कुरेर बसें। हाम्रो स्टुडियोको घडीमा अहिले ठ्याक्क बेलुकाको ७ बज्यो भने पछि मैले मेरो घडी मिलाएँ। त्यसपछि विभिन्न एफएम स्टेसनहरुसँग समय मिलान गर्न थालें। कुनै पनि एफएम स्टेसनहरुले दिने समयमा एकरुपता थिएन।
कार्यालयतिर साथीभाइहरुको घडी पनि रुजु गरेँ, कसैको समयमा एकरुपता थिएन। मलाई मेरो घडिको समयमा यकिन भएन।
फेरि बीबीसीमा हरेक समाचारहरुको अगाडि बजाइने टिक, टिक, टिक, अनुसार समय मिलाएँ। अझै चित्त नबुझेर इन्टरनेटमा खोज्न थालें। एउटा time.is भन्ने website रहेछ। त्यसले प्रयोगकर्ताको computer मा भएको समय खोजेर ‘Your time is …seconds fast or slow’ भन्ने जानकारी दिँदो रहेछ । त्यो समय पनि मिलाएर हेरेँ, मलाई अझै चित्त बुझेन ।
नेपालमा कुनै यस्तो निकाय छैन, जसले ठ्याक्कै यति बज्यो भनेर जानकारी दिन्छ होला ? यस अनुसार समय मिलाएमा सबै नेपाली हरुको घडीमा एउटै समय हुने थियो कि ? मेरो संसार बाट लिईएको
Sponsored Links