Home » » डिग्री पढ्न क्यानडा नगएर भद्रगोल रोजेको बले (सागर लम्साल) को संघर्ष कथा

डिग्री पढ्न क्यानडा नगएर भद्रगोल रोजेको बले (सागर लम्साल) को संघर्ष कथा

Written By pardapa6adi on Tuesday, 11 November 2014 | 7:58 pm

त्यस्तै ०६७ सालतिरको कुरा । सागर लम्साल अर्थात भद्रगोलका बले विदेश जाने सुरमा आयल्स पढ्ने सोचमा पुगे । कलाकारितामा आउने उनको त्यति इच्छा थिएन सायद । तर भाग्यको फल उनी अहिले निक्कै चर्चामा छन् । भद्रगोल र बले नामले चिनिन उनलाई त्यति सजिलो थिएन ।
उनको संघर्षको कथा निक्कै पीडादायी छ । स्याङ्गजा चिन्नेवासका उनी हाँस्यबिधामा पसे । तर यो बिधामा पश्चिमतिरका मान्छे त्यति थिएनन् । स्याङ्गजा र गण्डकी अञ्चलबाट यसरी चर्चामा आउने हास्यकलाकारमा बले नै हुन भन्दा फरक पर्दैन । बले भएर चिनिन उनले के के गरे त ? विदेश पढउन घरकाको जोड थियो ।
भारतमा चार्टड एकाउण्टेन पढ्न समेत सागर पुगेका थिए । भारतबाट पनि उनी साथीहरुको संगत गतिलो नदेखेर बिविए पढ्न थाले । बिबिएको दास्रो सेमेष्टरका बेला उनलाई जण्डिस भयो । घरकाले नेपाल फर्कन आग्रह गरेपनि उनी नेपाल आए । त्यसपछि आमाले फेरी विदेश पढ्न जान आग्रह गरेपछि आयल्स पढ्न पैसा बोकेर आयल्सतिर लागे । पुतलीसडकको इन्भेष्टमेन्ट बैंक नजिकै पुग्दा मनमा अचानक अर्कै सोच आयो ।
र उनी लागे एमआर थिएटर पुरानो बानेश्वर वीरेन्द्र हमाल कहाँ । हमालसँग उनी अभिनय सिक्न चाहन्थे । नसोचेको सोच अचानक आएपछि उनी अभिनय सिक्न थाले । हातमा पाँच हजार थियो तर तीन महिनाको २० हजार तिर्न पर्ने थियो । उनले हमाललाई भने ‘ मेरो बावुआमा गाउमा हुनुहुन्छ म एक्ै पढ्न बसेको हो भनेर ढाँटे । पढ्न पठाएको पैसाले अभिनय सिक्न थालेको बताएपछि हमालले लौ हुन्छ
सिकाउछु मात्रै भनेन उनले त सागर सँग भएको खुवी चिनिसकेका रहेछन अनि थपे एक बर्ष सम्म पनि सिकाउछु पैसासँग सरोकार भएन् । ’ अभिनय सिक्दै गर्दा उनले बिबिएस पढ्न थाले । अभिनय सिक्न थालको आमाले थाहा पाउनुभएछ । त्यसपछि झुटो किन बोलिस भनेर आमाले पनि विश्वास गर्न छाड्नु भयो । कलाकार बनेर के गर्छस् ? नेपालमा भविष्य छैन भन्दै आमाले विदेश जान आग्रह गर्नुभयो । दाइले पनि उत्तिकै विदेशका लागि जोड दिनुभयो । आमालाई फकाएर सागरले बिविएस यही सिध्याएर डिग्री पढ्न बिदेश जाने बताए । आमाको सहमतिपछि उनी अभिनय तिरै लागे । गुरु वीरेन्द्र हमालसँगै माया नामको नाटक समेत गर्ने मौका पाए उनले । त्यति नै बेला उनले बिविएस पनि सिध्याए । दैव सञ्जोग त्यतिबेला छविराज ओझाको लोफर च

लचित्रमा कलाकार छनौट चलिरहेको थियो । उनी छनौटमा समेत परे । अनि लोभरमा बले नामले नै एउटा घरायसी काममा सघाउने भूमिकामा देखिन पाए । त्यो बले नामको पात्रको निक्कै तारिफ भयो । दर्शकले पनि रुचाइदिए । त्यही पात्रबाट अवार्डमा समेत परका उनी कसरी भद्रगोलमा पसे छ ?

लोफर चलचित्र कुमार कट्टेल र अर्जुन घिमिरे पाँडे पनि हेरेका रैछन् । त्यो पात्रले पनि उनीहरुलाई निक्कै छोएछ । त्यसपछि कुमारले सागरलाई फोन गरेछन् । लोफरमा रहेको पात्रको भूमिका फिल्ममा छोटो भयो जति देखिन पर्ने थियो त्यति भएन । तपाई भद्रगोलमा आउनुहोस त्यो पात्रलाई न्याय म दिलाउँछु भनेछन् ।
त्यसपछि सागरको यात्रा भद्रगोलतिर सुरु भयो । उनी भद्रगोल आइपुग्दा १८औ भागमा चल्दै थियो । झट्ट हेर्दा सवै कलाकार आफ्नै उमेरका । काम गर्न पनि सजिलो हुने भयो भनेर उनी भद्रगोलमा बलेको भूमिकामा देखिए । गएको २ भाग खेलेपछि उनले ४ भाग खेलेनन् । पछिल्ला २ भागले बलेको चर्चा बढ्यो । त्यत्तिकैमा डिग्री पढ्न क्यानडाको तयारी गर्न थालेका सागरलाई धर्मसंकट परो ।
अनि कुमार र अर्जुनलाई म क्यानडा जाने सोचमा छु भनेर सुनाएछन् । दुइ जनाले भने पढ्ने यतै पढे पनि हुन्छ तपाइको भविष्य हामीले देखेका छौ भनेपछि उनी भद्रगोलमै अडिए । उनलाई कुमारले भनेको कुरा अझै ताजा लाग्छ ‘मान्छे आत्तिन र मात्तिन हुँदैन । ’ सवैको उमेर मिल्दो जुल्दो भएकाले सँगै काम गर्न भनेपछि बलेको यात्राले नयाँ मोड लियो । भद्रगोलमा देखिन थालेपछि उनको अभिनयको चर्चा निक्कै भयो ।
राम्रो प्रतिक्रिया आउन थालेछन् । फ्यान पेजमा समेत अभिनयको चर्चा निक्कै आयो । गएको दशैताका सागर दुर्घटनामा मरेको खवर आयो । झुटो खवरले पनि उनको चर्चालाई झन् माथि लैजान मद्दत भयो । सागर भन्छन यो हल्लापछि झन् नेपालमै बस्ने हौसला बढ्यो । अरु नभएपनि मान्छे त कमाएको रैछु भन्ने लागेछ उनलाई । उनले यस्ता समेत शुभेच्छुक भेटेछन मरेको हल्लापछि दुई दिनसम्म खाना नै नखाएका बच्चा भेटिए ।
sagar-bale
धेरैलाई फोन गरेपछि सागर नम्बर पत्ता लागेपछि बच्चाको बुवाले फोन गरेर रोएछन । र, भनेछन ‘थोरै समयको लागि भएपनि घर आइदिनु ।’ उनको घर पुगेपछि बच्चाले निक्कैबेर अंगालोमा रोए । त्यसपछि पनि नाम कमाइएको रैछ भन्ने लाग्यो सागरलाई । अहिले उनलाई पश्चिमका धेरै जिल्लाबाट स्टेज कार्यक्रमका लागि अफर आउन थालेको छ । हाँस्य बिधाबाट प्रतिनिधित्व गरेका सागर लम्साललाई जन्म जिल्ला स्याङ्गजालाई समेत चिनाउन मन छ ।nepalikala
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी