Home » » ड्यास माओवादीले उतार्‍यो एमाओवादीका भ्रष्ट नेताको लिष्ट

ड्यास माओवादीले उतार्‍यो एमाओवादीका भ्रष्ट नेताको लिष्ट

Written By pardapa6adi on Monday, 5 August 2013 | 12:27 pm


२१ साउन, काठमाडौं ।
संविधानसभा निर्वाचन बहिस्कारको घोषित नीति लिइसकेको नेकपा–माओवादीले एनेकपा माओवादीका भ्रष्ट नेता र उम्मेदबारहरुको लिष्ट प्रकाशित गरी निर्वाचनको बेला गाउँ छिर्न नदिने र गाउँमा गए पहिलो निशाना उनीहरुलाई नै बनाउने नीति लिएको खुलासा भएको छ ।
नेकपा–माओवादीका एक प्रभावशाली नेताले एमाओवादीका भ्रष्ट र जनविरोधी नेताहरुको लिष्ट बनिसकेको दावी गरेका छन् । मोहन वैद्य नेतृत्वको माओवादीको अहिलेसम्मको अध्ययनमा एमाओवादीका अध्यक्ष प्रचण्ड एक नम्बरका भ्रष्टाचारी ठहर भएका छन् । दोस्रो नम्बरमा बाबुराम पत्नी हिसिला यमी देखिएकी छन् भने तीन नम्बरमा कृष्णबहादुर महरा छानिएका छन् ।
पुर्व डेपुटी तथा डिभिजन कमाण्डरहर नन्दकिशोर पुन, चन्द्रप्रसाद खनाल, बर्षमान पुन, धनबहादुर मास्की लगायतको टोली पनि भ्रष्टको शीर्ष स्थानमा रहेको माओवादी स्रोतले जनाएको छ ।
त्यस्तै दीनानाथ शर्मा, शालिकराम जमकट्टेल, चन्द्रबहादुर थापा सागर लगायतको नाम उनीहरु चुनाव लड्ने निर्वाचन क्षेत्रमा सप्रमाण पेस गर्ने तयारी भईरहेको ती नेताको भनाई छ ।
सम्पत्ति छानविन आयोग र पुर्व लडाकुको हिसावकितावको बारेमा अध्ययन गर्न गठित अमिक शेरचन र पोष्टबहादुर बोगटीको आयोगको रिपोर्ट पनि माओवादीमा पुगिसकेको र त्यसको आधारमा माओवादीले छानविन गरिरहेको साँघु साप्ताहिकले उल्लेख गरेको छ ।
त्यसो त बोगटी स्वयं पनि पर्यटनमन्त्री र उर्जा मन्त्री हुँदा करोडौं रुपैयाँ कमाएको प्रमाण फेला पारिएको माओवादी स्रोतले जानकारी दिएको छ ।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी