मनोरञ्जन शर्मा-भैरहवा,२७ साउन । खुट्टाको घुडा र कम्मरको हाडको जोर्नी(हिप) बिग्रीएर धेरै दुख पाएका बिरामीहरुलाई अब धेरै सजिलो हुने भएको छ । भैरहवा स्थित युनिभर्शल मेडिकल कलेज तथा टिचिंग हस्पीटलमा कार्यरत चिकित्सकहरुले कठिन मानिने यस्को उपचारलाई सफलतापुर्बक शल्यकृया सम्पन्न गरेका छन् ।
चिकित्सा बिज्ञानको भाषामा “ज्वाईन्ट रिकन्सट्रक्सन” भनिने यस्को उपचार बिधी पश्चिम नेपालमा पहीलो पटक सफलता पुर्बक युनिभर्शल मेडिकल कलेज तथा टिचिंग हस्पीटलमा सम्पन्न भएको अस्पतालका प्रमुख प्रशासकिय अधिकृत श्री कुमारले बताए ।
अस्पतालका हाडजोर्नि बिभागका प्रोफेशर डा.सिसिर कुमार रस्तोगी ,हाडजोर्नि तथा नशा रोग बिशेषज्ञ डा. प्रकृती राज कन्डेलको नेतृत्वले सफलतापुर्बक खिईएको जोर्नीको शल्यकृया गरेका हुन् । यो प्रबिधीबाट घुडा र हिपको जोर्नी मा कृतिम तरीकाले सर्फेस मिलाएर पुनह पहीलाको जस्तै गराईन्छ र यस्मा सिमेन्टेड र स्टीलको गरी २ तरीकाले उपचार गरीन्छ,हाडजोर्नि तथा नशारोग बिशेषज्ञ डा. प्रकृतीराज कन्डेलले भने ।
हड्डी खिईने,घिस्रने, बाथरोग,रगत सञ्चालन नहुदा हड्डी सुक्ने ,क्षयरोग (टिबी)को ईन्फेक्सन र दुर्घटनाका कारण घुडा र हिपको जोर्नी खिईने गर्छ र यो समस्या हुदा दुखाई अधिक भई हिडडुल गर्न नसक्ने अबस्थामा बिरामी पुग्ने प्रोफेशर डा. सिसिर कुमार रस्तोगीले बताए ।

यो बिधीमा सिमेन्टको प्रयोग गर्दा कम्तिमा २० बर्ष सम्म र स्टीलको प्रयोग गर्दा दिर्घ काल सम्म समस्याबाट मुक्त भईने चिकित्सकहरुको दाबी छ ।अस्पतालमा यो प्रबिधीबाट आईतबार भैरहवा उचमीकी ४० बर्षिय शशिकला गुप्ताको शल्यकृया गरीएको हो । गुप्ता १० महिनाबाट कम्मरको जोर्नी(हिप) समस्याबाट ग्रसित थिईन् ।
भैरहवा मेडिकल कलेजमा यो प्रबिधीबाट उपचार गर्दा १ लाख ५० हजार रुपैया खर्च हुने अस्पतालले जनाएको छ । यो प्रबिधीको सुरुवात यहा भएपछी यस क्षेत्रका बिरामीलाई घुडा र हिपको जोर्नी मिलाउन काठमाण्डौ अथवा भारतजानु पर्ने बाध्यताको अन्त्य मात्र होईन समय र कम खर्चमा यही उपचार संभब रहेको अस्पतालका प्रशासन सहायक तेज केसीले बताए ।
युनिभर्शंल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा महिनामा एक हजार भन्दा बढी हाडजोर्नीका समस्या भएका बिरामी आउने गरेका छन् ।
Sponsored Links

