Home » » वेपत्ता विमान खिदिममा होइन ढिकुर पोखरीमा दुर्घटना, नेपाल टेलिकम टावरमा ठोकिएर !

वेपत्ता विमान खिदिममा होइन ढिकुर पोखरीमा दुर्घटना, नेपाल टेलिकम टावरमा ठोकिएर !

Written By pardapa6adi on Monday, 17 February 2014 | 8:41 am

५ फागुन, काठमाडौं । आइतबार दिउँसोबाट हराएको नेपाल वायु सेवा निगमको ट्वीनअटर विमान अर्घाखाँचीको ढिकुरा गाविसको ८ मसिनेलेकमा दुर्घटना भएको पुष्टि छ ।
घटनास्थल पुगेका प्रहरी निरीक्षक गोविन्द पन्थीले विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको अनलाइखबरलाई बताएका छन् । सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीको उद्दार सुरु गरेको छ । घटनास्थलमा रहेका सशस्त्रका प्रहरी निरीक्षक किरण खत्रीले पश्चिम क्षेत्र शसस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीका बाहिनीपति डीआईजी नारायणबाबु थापालाई दिएको जानकारी अनुसार १४ जनाको शव भेटिएको छ ।
अधिकांश हवाई दुर्घटनामा बच्चा भने जीवित हुने सम्भावना रहेकाले बच्चाको खोजीकार्यलाई विशेष बनाएको प्रहरीले जनाएको छ ।
डाँडामा ठोकिएर दुर्घटना भएको अनुमान गरिएको विमानका टुक्रा र मृतकको शवका टुक्रा २/३ सय मिटर वरपर भेटिएका छन् ।स्थानीयबासीले सोमबार विहान मसिनेलेकमा विमान दुर्घटना भएको खबर गरेपछि प्रहरी टोली गएको थियो । यसअघि खिदिममा दुर्घटना भएको भनिएको थियो ।
काठमाडौंबाट पोखरा हुँदै जुम्लाका लागि उडेको विमानमा विमानमा चालक दलका सदस्य र एक बालकसहित १८ जना छन् ।
अन्तिम पटक १:१३ मा भैरहवा विमानस्थलसँग सम्पर्क हुँदा क्याप्टेनले मौसम खराव रहेको सूचना दिएका थिए । अपराह्नतिर त्रिभुवन विमानस्थल टावरका अधिकारीहरुले विमान अर्घाखाँचीको खिदिम जंगलमा दुर्घटना आशंका गरेका थिए ।

भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी