Home » » प्रहरी अनुसन्धान छल्न सुटुक्क बेलायत पुगेकी खुश्वु ओली भिषा नथपिएपछि नेपाल फिर्ता

प्रहरी अनुसन्धान छल्न सुटुक्क बेलायत पुगेकी खुश्वु ओली भिषा नथपिएपछि नेपाल फिर्ता

Written By pardapa6adi on Wednesday, 12 November 2014 | 10:10 am

काठमाण्डौ । डन दिनेश अधिकारी चरीको प्रहरी इन्काउन्टरमा मृत्यु भएपछि प्रहरी अनुसन्धान छल्न सुटुक्क बेलायत पुगेकी उनकी प्रेमिका खुश्वु ओली भिषा नथपिएपछि फर्किएकी छिन् । उनी नेपाल फर्किएको वा अरू कुनै देश गएको भन्ने स्पष्ट भएको छैन् ।

चरीको मृत्युलाई ‘हत्या’ भन्दै प्रहरीविरुद्ध कारवाही माग गरेर खुश्वु चर्चामा आएकी थिइन् । तर, प्रहरीले चरीले गैरकानुनीरुपमा आर्जन गरेको सम्पत्तिको भोगचलन खुश्वुले गरेको आशंकासहित छानविन थालेपछि उनी सुटुक्क बेलायत पुगेकी थिइन् ।

पर्यटक भिसामा बेलायत पुगेकी खुश्बुले विद्यार्थी भिसामा परिणत गर्न कोसिस गरेकी थिइन् । त्यसका लागि गरिएको विभिन्न प्रयास असफल भएपछि उनी अन्ततः नोभेम्बर ४ मा नेपाल फर्किएको स्रोतको हवाला दिँदै त्यहाँबाट संचालित कम्युनिटी पोर्टल वी नेपालीले जनाएको छ ।

उनको भिसा नोभेम्बर ६ मा सकिँदै थियो ।

उनी साउथ इष्ट लण्डनको ग्रीनीचस्थित केमसिङ रोडमा आफन्तकोमा बस्दै आएकी थिइन् ।

युके आएको मौकामा खुश्बुले केटासाथी पनि बनाएकी थिइन् । स्थानीय सुपरस्टोरमा काम गर्ने कार्की थरका उनका प्रेमी भने खुश्बुको अचानक नेपाल प्रस्थानपछि मर्माहत बनेको स्रोतले बतायो । युके रहँदा खुश्बुको आवतजावत उनीसित हुन्थ्यो भने उनकै गाडीमा हिंड्ने गर्थिन् ।

अहिले चरीको सम्पतिका बारेमा नेपालमा प्रहरीले छानविन गरिरहेको छ । खुश्बुको रवाफिलो लाइफ स्टाइल, घर, कार्यालय आदिका कारण खुश्बु चरीको सम्पतिको मुख्य रेखदेखकर्ता भएको आशंका छ । सोही कारण उनी विदेशिएको अनुमान गरिएको थियो ।

लण्डनमा उनी गुमनामजस्ती देखिएकी थिइन् । कसैले सोध्दा आफू खुश्बु होइन बहिनी हो भन्दै परिचय लुकाउने गरेकी थिइन् ।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी