Home » » कुकुर, लाटोकोसेरोदेखि बोका र ढालसम्म चुनाव चिह्न

कुकुर, लाटोकोसेरोदेखि बोका र ढालसम्म चुनाव चिह्न

Written By pardapa6adi on Sunday, 7 July 2013 | 10:30 am


सरकारले तोकेको समयमा भए पनि नभए पनि अब चुनाव ढिलोचाँडो हुने नै छ। निर्वाचन आयोगको तयारी चलिरहेको छ। एक जुगमा दुई पटक आउने संविधान सभाको चुनावमा यसपालि अलि अर्कै किसिमको अप्ठेरो परेको छ। पहिलो निर्वाचनमा ७५ दल दर्ता भएका थिए तर जम्मा ५४ दलले मात्रै निर्वाचनमा सहभागी भए। यस पटक संविधान सभा सदस्य बन्न पाए पाइने सुविधा देखेर दङ्ग परेर होला १३९ दल दर्ता भएका छन्। वैद्य माओवादीले त दर्ता पनि गरेको छैन। १३९ दल नै निर्वाचनमा सहभागी नभए पनि संख्या पक्कै बढ्नेछ। त्यहाँमाथि स्वतन्त्र उम्मेदवारहरु। मतपत्र मात्रै २० इञ्च लामो हुनसक्ने प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतिले बताइसकेका छन्। के-के मात्र चुनाव चिह्न दिने! निर्वाचन आयोगले स्वीकृत गरेको १९४ चुनाव चिह्नमा कुकुर, लाटोकोसेरोदेखि बँदेल, बोका र ढाल तरबारसम्म परेका छन्। 

  
यसो कल्पना गर्नुस् त, कुकुर चुनाव चिह्न भएको पार्टी वा उम्मेदवारलाई कति अप्ठेरो पर्ला ! त्यसै त मान्छेहरु कुकुर नेता भनेर गाली गरिरहन्छन्। कुकुर चिह्नमा छाप हाल्नुस्, कुकुर जस्तै नेतालाई जिताउनुस् भन्ने ? कि सबैलाई हेर्‍यौँ पटकपटक कुकुरलाई हेरौँ एक पटक भन्ने ?

लाटोकोसेरो, बोका, बँदेल जस्ता चुनाव चिह्न पाउनेलाई पनि त्यस्तै गाह्रो हुने होला। अझ ढाल-तरबार चुनाव चिह्न पाउनेको प्रचार कस्तो हुने होला!

मोबाइल, प्रेसर कुकरदेखि नेपालमा नपाइने उँटसम्म पनि चुनाव चिह्न छन्। धन्न कालोपाटी मात्रै चुनाव चिह्न रहेछ सेतोपाटी वा रातोपाटी छैन। हेल्मेट, हेलिकप्टरमात्र हैन मान्छे, लट्ठी लिएको मान्छे, दौडिरहेको मान्छे, भरिया आदि कन्फ्युज पार्न सक्ने चुनाव चिह्न पनि छन्। हेरौँ निर्वाचन आयोगले स्वीकृत गरेका सबै चुनाव चिह्नहरु-
election1












भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी