काठमाडौं, ७ चैत : ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटमा उत्साहजनक प्रदर्शन गरेको नेपाली टोली शुक्रबार दिउँसो स्वदेश फर्किँदैछ ।
टोली दिउँसो २ बजे काठमाडौं आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ ।
बंगलादेशमा जारी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटमा नेपालले दुई खेल जितेको थियो भने एउटामा सम्मानजनक हार खेपेको थियो ।
हंककङ र अफगानिस्तानलाई हराए पनि रनरेटको आधारमा अघिल्लो चरण प्रवेश गर्न नपाएको नेपाली टोलीलाई पुरस्कार दिनेहरुको ओहिरो लागेको छ ।
टोलीलाई नेपाल क्रिकेट संघले भव्य स्वागत गर्ने तयारी गरेको छ । संघले आज नगर परिक्रमा गराउने र अन्य स्वागतका कार्यक्रम पनि गर्ने छ ।
Sponsored Links