Home » » नेपालमा पनि अब ४ किसिमको नागरिता पाउने...

नेपालमा पनि अब ४ किसिमको नागरिता पाउने...

Written By pardapa6adi on Monday, 29 September 2014 | 10:10 am


नयाँ बन्ने संविधानमा चार किसिमको नागरिकता हुने भएको छ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा सहमतिले चार किसिमको नागरिकतामा सहमति जुटाएको हो ।

आज सबेको संवाद समितिको बैठकले चार किसिमको नागरिकतामा सहमति जुटाएको सभापति डा. बाबुराम भट्टराईले बताए । समितिले नयाँ संविधानमा वंशज, अंगीकृत, मानार्थ र विशेष गरी चार किसिमका नागरिकता रहने प्रावधान पारित गरेको छ ।

हङकङ र वेलायतका पूर्व ब्रिटिश गोरखामा रहेका तर नागरिकता त्यागेकाहरुले पनि विशेष नागरिकता पाउने र उक्त नागरिकता पाउनेले नेपालमा राजनीतिक अधिकार भने नपाउने व्यवस्था गरिएको छ । सभापति भट्टराईले ब्रिटिस र हङकङमा रहेका नेपालीहरुले दोहोरो नागरिकता पाउनु पर्ने माग गरेपनि दोहोरो नागरिकताले थप जटिलता निम्त्याउने भएकाले त्यसको सट्टा रु समान अधिकारको लागि राज्यले पहल गर्ने र दोहोरो नागरिकताको सट्टा विशेष नागरिकता दिने निर्णय गरेको बताए ।

नागरिकता सम्बन्धि विषयमा बाबु वा आमाको नामबाट नागरिकता पाउने विषयमा रहेको अस्पष्टताको विषयमा वंशको आधारमा नागरिकता प्राप्त गर्न बाबु र आमा दुवै नेपालकै वंशज हुनु पर्ने र नागरिक प्रमाणपत्र प्राप्त गर्न बाबु वा आमा मध्ये एकबाट पाउने व्यवस्थामा सहमति भएको उनले बताए । नेपाली नागरिकले विदेशको नागरिकता लिएको अवस्थामा त्यस्तो विदेशी नागरिकता त्यागेको पाँच बर्षपछि नेपाली नागरिकता पाउने छ । विगतमा उसले जस्तो किसिमको नागरिकता त्याग गरेको हो सोही नागरिकता पुन प्राप्त हुनेछ ।


सम्पत्ति सम्बन्धि हकमा सहमति जुटन नसेको बताउँदै सभापति भट्टराईले वैज्ञानिक भुमिसुधार लागू गर्दा क्षतिपूति र जमिनको हदवन्दीको हकमा विवाद रहेको उक्त विषयलाई थाती राखिएको जानकारी दिए । जमिन आकाश हावा र पानी राज्यको हुनु पर्ने कि नपर्ने विषयमा भएको छफलमा जमिन आकाश हावा र पानीको अध्ययन अनुसन्धान गरी त्यसको उत्पादशिलता प्रकृति तथा वातावरणीय सन्तुलको समेत आधारमा राज्यले नियमन र व्यवस्थान गर्नेछ भन्ने बुँदा राखिएको सभापति भट्टराईले बताए । समितिको सबैभन्दा बढी आज पाँच घण्टा छलफल भएको थियो ।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी