सगरमाथा टेलिभिजन लाईभ (LIVE) समाचार र मनोरन्जनका लागि (Watch Online Free)
यौन जिज्ञाशा ( Tips )+MORE
index

देश भित्रको खबर

भुलेर पनि नगर्नुस् १० काम, मृगौला खत्तम हुन्छ !

Written By pardapa6adi.com on Sunday, 23 November 2014 | 9:38 pm

किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफा गर्ने देखि, हार्मोन बनाउने, खनिज सोक्ने, मुत्र उत्पादन गर्ने, टक्सिन अर्थात खराव पदार्थहरुलाई शरीरबाट निकाल्ने तथा एसिडको सन्तुलन बनाउने जस्ता काम गर्छ ।

यहाँ हामीले दैनिक जीवनमा गर्ने १० गल्तीको चर्चा गरिएको छ जसले मृगौलालाई हानी पुर्‍याउँछ ।

१ पानी कम पिउने
यदि तपाइँ नियमित पानी पिउने गर्नु हुन्न भने यसको सबै भन्दा पहिलो र खराव प्रभाव मृगौलामा पर्छ । पानीको अभावले गर्दा मृगौलाले रगत सफा गरेर फोहोर फ्याँक्न कठिन हुन्छ । यसले उल्टो परिणाम दिन्छ शरीरमा टक्सिन जम्मा हुन्छ ।

२ नून बढी
खानामा चर्को नून खाने बानी छ भने यसले रक्त चाप बढाउँछ । यसले मृगौलामा दवाव पैदा गर्छ । तपाँइले दिनमा ५ ग्राम भन्दा बढी नून खानु हानिकारक छ ।

३ पिसाव रोक्ने
यदि पिसाव आउँदा पनि पछि जाउँला भनेर बस्ने बानी छ भने आजै देखि बानी सुधार्नुस् । पिसाव रोक्ने बानीले मृगौलामा पत्थरी हुने र मृगौला फेल नै हुने खतरा समेत पैदा गर्छ ।

४ गुलियो खाने बानी
यदि गुलिया खानेकुरा धेरै बानी छ भने आजै देखि छोड्नुस् । गुलियो बढी खाँदा यसले शरीरमा प्रोटीनको मात्रा बढी भएर मृगौलामा समस्या हुन्छ ।

५ पोषणको अभाव
शरीरमा पोषक तत्वको अभाव भो भने मृगौला खराव हुन्छ । भिटामिन-6 र म्याग्नेशियम भरपुर खानाले मृगौलामा पत्थरी हुन दिँदैन ।

६ मासु बढी खाने
मासुको पारखी हुनुहुन्छ र बढी नै मासु खाने बानी छ भने पनि तपाइँको मृगौला समस्यामा छ । मांसाहारले शरीरको पाचन प्रक्रियालाई प्रभावित पार्छ जसले मृगौलामा सोझै असर गर्छ ।
kidney  1

७ अनिद्रा
रातिमा निद्रा नलाग्ने वा धेरै जागा बस्ने बानी पनि मृगौलाका लागि घातक छ । यसले मृगौला सम्बन्धि विभिन्न रोग ल्याउन सक्छ । निद्राले मृगौलालाई स्वस्थ राख्न सघाउँछ ।

८ चिया कफी बढी सेवन
चिया कफी अत्याधिक मात्रामा पिउँदा पनि मृगौलामा समस्या हुन्छ । चिया कफीले शरीरमा क्याफिनको मात्रा बढाउँछ जसले मृगौलामा भार पर्छ ।

९ पेनकिलर सेवन
टाउको दुख्ने वित्तिकै वा सामान्य दुखाइ कम गर्न पनि गोली खाने बानी छ भने आजै देखि छोड्नुस् । धेरै पेनकिलरको सेवनले तपाइँको मृगौलामा प्रभाव पार्छ ।


१० जाँड रक्सी
अल्कोहल अर्थात जाँड रक्सीको अत्याधिक सेवनले पनि मृगौला समस्यामा पर्छ । यसले मृगौला फेल हुने अत्याधिक सम्भावना हुन्छ । यी १० कुरा सँधै ख्याल गर्नुस्
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links

सुत्केरी हुन अस्पताल गएकी महिला सेक्स गर्दागर्दै रंगेहात पक्राउ


एजेन्सी । बेलायतको एक अस्पतालमा सुत्केरी गराउन भर्ना भएकी महिला यौनसम्पर्क गर्दागर्दै समातिएकी छन् ।

ब्रिस्टोल अस्पतालमा भर्ना भएका ती जोडीले अनौठो आवाज निकालेपछि सरसफाई गर्ने महिलाले थाहा पाएर प्रशासनले समातेको मेलअनलाइनले जनाएको छ ।


अस्पताल प्रशासनले त्यो कार्यलाई ठिक भएको बताएको छ । उक्त विषयको पक्ष विपक्षको विषयलाई लिएर विवाद समेत भएको छ । उनीहरुको नाम र ठेगाना भने खुलाइएको छैन ।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links

प्रेमिका अथवा श्रीमती छैन ? चिन्ता नगर्नुस एक महिलाले दिनेछिन तपाईलाई प्रेमिकाको सेवा

मंसिर, काठमाडौं । तपाईलाई आफ्नी प्रेमीकाले अँगालोमा कसेको कस्तो लाग्छ ? प्रेमी–प्रेमीका हुनेहरुलाई त यो स्वर्गीय आनन्द प्राप्त भैरहेकै होला तर जसका प्रेमी वा प्रेमीका छैनन् उनीहरुले अंकमालको आनन्द कसरी लिइरहेका होलान् रु अँगालोेमा बाँधिन चाहने तर प्रेमी–प्रेमीका नभएकाहरुलाई लक्षित गरेर अमेरिकाको इन्डियानामा लिसा केलीले इन्डी कुडेल्स सञ्चालनमा ल्याएकी छिन् ।

दुई सन्तानकी आमा लिसाले एक्लै भएका वा तनावमा रहेका पुरुषहरुलाई अँगालेमा बाँधेर समयअनुसार शुलक असुल्छिन् । केही आलोचकले यसलाई यौन व्यवसायको पूर्वअभ्यास बताए पनि लिसा त्यसलाई मान्न तयार छ्रनन ।

उनी आफूले दिनेसेवाको निश्चित नियम भएको बताउँछिन् । लिसाका अनुसार संवेदनशील अंगमाछुन नपाइने, नुहाएको हुनुपर्ने, दाँत माझेको हुनुपर्ने,सफा लुगा लगाएको हुनुपर्ने, भित्री बस्त्र नगलाएको अवस्थामा हुन नहुने जस्ता नियम उनका ग्राहकका लागि लागू हुन्छ ।


गहको घरमै गएर उनी तिनीहरुलाई बिभिन्न आसनमा राखेर अँगालेमार्छिन् । लिसा यसलाई एउाथेरापीकारुपमा लिन्छिन् । यो सेवाका लागि ग्राहकले ३० मिनेटको ३० डलर, एक घन्टाको ६० डलर र ९० डलर तिर्नुपर्ने हुन्छ ।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links

पशु झैँ ३ हजार रूपैयाँमा किनबेच हुन्छ श्रीमती

एउटा गाईको मूल्यभन्दा पनि कैयौ गुणा कम श्रीमतीको मूल्य! 
भारतका धेरै त्यस्ता ठाउँहरू छन्, जहाँ श्रीमतीको किनबेच हुन्छ। त्यहाँ श्रीमती किनबेच गरिदिने ‘बिचौलिया’हरू पनि छन्, जो त्यही ‘धन्दा’ गरेरै जीवन निर्वाह गर्छन्।

भारतको हरियाणा पनि एउटा त्यस्तै राज्य हो, जहाँ त्यस्ता थुप्रै गाउँहरूमा श्रीमतीको किनबेच हुन्छ।

हरियाणाका आस मोहम्मदले भर्खरैमात्र करिब साढे तीन हजारमा श्रीमति किनेका छन्। त्यो पनि बिचौलियामार्फत्।

उनले श्रीमतीका लागि तिरेको त्यो रकम एउटा गाईको मूल्यभन्दा पनि कैयौ धेरै कम हो।

‘यो कुरा सही हो कि मेरी पत्नीको श्रीमतीको मूल्य ३ हजार रुपैयाँमात्रै हो,या एउटा गाईको मूल्य भन्दा पनि कम हो, तर यो बाध्यता थियो’ उनले अझ भने ‘यदि मैले मेरा बालबालिकाका लागि पनि दुलही पाइनँ भने मैलेजस्तै दोहोर्‍याउनुपर्ने हुन्छ।’


मोहम्मदले आठ बच्चाकी आमालाई श्रीमतीको रुपमा तीन हजार रुपैँयामा किनेका हुन्। १२ वर्षकै उमेरमा बिहे गराइएकी यी महिलालाई श्रीमानले घरबाट निकालिदिएका थिए।‘मलाई खुब पिट्थे रक्सी खाएर’ ती महिलाले भनिन् ‘किनकी म जाने अर्काे ठाउँ कतै थिएन।’

एक अध्ययनअनुसार अहिले धेरै गाउँहरूमा भ्रुणहत्या गर्नाले महिलाको संख्या निकै कम छ। स्त्री जातिको भ्रुण हत्या गर्ने पुरातन सोंचले त्यस्तो भएको हो।

त्यसैको कारण हो, कतिपय ठाउँमा बिहेका लागि महिलाहरू बेचिन्छन्, अनि अपहरणसमेत हुन्छन्।

श्रीमति किनबेचको धन्दा गर्ने एक बिचौलिया भन्छन् ‘म आफैँले पनि बिचौलियासँग आफ्नी पत्नी खरिद गरेको हुँ, पछि मैले परिवार चलाउनका लागि यही पेशा सुरु गरेँ।’

उनी आफूले जीवनमा राम्रै काम गरेको दावी गर्छन्। भन्छन् ‘यसबाट पत्नी नपाएर, घर चलाउन नसकेका अनि पति नपाएर एक्लो जीवन बिताइरहेका दुवैलाई फाइदा हुन्छ।' सेतोपाटी
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links

"मन दुखेको पाईएन ओखति" By मिना अधिकारि र सरन श्रेष्ठ

भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links

आफ्नै साथीको अश्लिल फोटो तथा भिडियो वेभसाइटमा राख्ने पक्राउ


महिला सहकर्मीको अश्लिल भिडियो तथा फोटोलाई अश्लिल वेभसाइटमा राखेर चरित्र हत्या गर्न खोज्ने प्रहरीको फन्दामा परेका छन्।

क्षेत्रपाटी निवासी निरज शाक्यले आफ्नै सहपाठीको अश्लिल भिडियो तथा फोटो लाई अश्लिल वेभसाईटमा राखी महिला साथिको चरित्र हत्या गर्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।


२७ वर्षीय शाक्यलाई महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले शुक्रबार पक्राउ गरी विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौ पठाएको छ।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links

मोडलको बडेमानको स्तन र सेक्सी सरिरका कारण दुई देश बीच विवाद


रुसले हालै देशकी सर्वाधिक सुन्दरीका लागि भोटिङ गराउँदा मारिया जारिङको नाम अगाडि आएपछि विवाद सिर्जना भएको छ। रुस र युक्रेनबीच क्रिमियाको विषयलाई लिएर युद्ध भइरहेका छ ।


क्रिमियाले आफूलाई रुसमा विलय गरे पनि युक्रेनले आफूसँगै रहेको दावी गरिरहेको छ। यो विषयमा विवाद बढ्दै गएपछि पश्चिमेली मुलुकले रुसलाई एक्ल्याउँदै लगेका छन् ।


यस्तो अवस्थामा क्रिमियामा जन्मिएकी मारियालाई रुसले आफ्नो देशको सर्वाधिक सुन्दरी घोषणा गरेपछि ती मोडल पनि विवादमा आएकी हुन् । आकर्षक वक्षस्थल तथा मुहारका कारण मारिया रुसमा लोकप्रिय छिन् ।


२८ वर्षीया यी मोडललाई रुसले सुन्दरी घोषणा गरेपछि उनले यसलाई राजनीतिक रुपमा नहेर्न अनुरोध पनि गरेकी छन् । मारियाले आफू कुनै पनि हालतमा राजनीतिमा संलग्न नभएको दावी गरेकी छन् ।


उनले उपाधि पाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै आफ्नो वक्षस्थल, शरीर उपाधि एवं मातृभूमिप्रति गौरव गर्ने कुरा भएको बताएकी छन् ।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links

किड्नी फेल कसरि हुन पुग्दछ यो बाट बच्ने उपाय के के हुन !!

डा.राजदेव राम : शरीरमा रस एवं रगतमा उपस्थित विजातीय तथा अनावश्यक तत्वलाई पिशाबबाट बाहिर निकाल्ने काम किड्नीले गर्दछ । प्राकृतिक रूपमा स्वस्थ किडनीसँग दिनहुँ ६० किलो जति पानी छान्ने क्षमता हुन्छ । फेरि पनि सामान्य रुपमा किड्नीले २४ घण्टामा एकदेखि दुई लिटर पिशाब बनाएर शरीरलाई निरोग राख्दछ । किड्नीको विशेष सम्बन्ध मुटु, फेक्सो, कलेजोसाथ हुन्छ । मुख्यगरी मुटु र किड्नीले परस्पर सहयोगको साथ काम गर्ने गर्दछ । 

त्यसकारण, यदि कसैलाई मुटु रोग लागेको छ भने उसको किड्नी पनि विग्रन्छ । त्यसबेला त्यो व्यक्तिको रक्तचाप उच्च हुन्छ र क्रमशः मुटु पनि दुर्बल भएर जान्छ । किडनीका रोगीहरु दिनानुदिन बढीरहेका छन् । यसको मुख्य कारण मुटु, दम, श्वास, टि.बी., सुगर, प्रेसरजस्ता रोगहरुको निदानका लागि भनेर आधुनिक औषधीहरुको बढी सेवन गर्नु हो । यी आधुनिक दवाईको अल्पकालनी सेवनको विनाशकारी प्रतिक्रियाको रुपमा पनि किड्नी फेल जस्तो गम्भीर रोग हुने गरेको देखिन्छ । 

यी आधुनिक दवाईहरुको विषाक्त प्रभावका कारण नै किड्नी तथा पिशाबसम्बन्धी रोग उत्पन्न हुन्छ । किडनी शरीरको बीचैबीच कम्मरको नजिक हुन्छ । यो अंग मुठ्ठिको बराबर हुन्छ । हाम्रो शरीरमा दुईवटा किड्नी हुन्छ । यदि एउटा किड्नी पूर्णरुपमा खराब भयो भने पनि अर्को किड्नीले शरीरलाई ठीक रुपमा सञ्चालन गर्दछ । मुटुद्वारा पम्प गरिएको रगतको २० प्रतिशत किड्नीमा जान्छ, जहाँ यो रगत सफा भई पुनः शरीरमा जाँदछ । यसरी किड्नीले हाम्रो रगत सफा गर्दछ र सबै टाँक्सिन्स पिसाबबाट शरीरको बाहिर निस्कन्छ । किड्नी हाम्रो शरीरको सन्तुलनकारी अंग हो । 

यसको मतलब यदि शरीरमा कुनै चिज बढी या कम हुन्छ भने किड्नीले त्यसलाई सम्हाल्दछ । मुख्यगरी नून र पानीको मात्रालाई सन्तुलनमा राख्दछ । किड्नी खराब हुनुको मुख्य लक्षण सुन्निनु हो । शरीरमा पानीको मात्रा बढी भयो भने सुन्निने समस्या हुन्छ भने नूनको मात्रा बढी भयो भने उच्च रक्त चाप हुन्छ । यसबाहेक रगत बनाउनु, हड्डिहरुलाई मजबुत पार्नु अर्थात् भिटामिन ‘डी’ बनाउनु, उच्चरक्तचाप नियन्त्रण गर्नु र शरीरमा उत्पन्न भएका खराब पदार्थलाई शरीरबाहिर निकाल्ने काम गर्दछ । किड्नीका कैयौं समस्याहरु हुन्छन्, जसलाई जान्न आवश्यक छ ।

नेफ्रोटिक सिन्ड्रोम र यसको लक्षण
किड्नीमा फिल्टर अर्थात् स–साना छिद्र हुन्छ, जसले खराब तत्वलाई शरीर बाहिर निकाल्ने र राम्रो तत्वलाई शरीरका लागि लाग्दछ । नेफ्रोटिक सिन्ड्रोममा किड्नीमा जुन फिल्टर हुन्छ, त्यसका छिद्रहरु ठूलो भएर जान्छ र ती छिद्रबाट शरीरका लागि उपयोगी तत्व पनि खराब तत्वका साथमा बाहिर निस्कन्छ । परिणामतः विहान अनुहार सुन्निने तथा बेलुका खुट्टा खासगरी पैताला सुन्निने गर्दछ । यो किड्नी विरामीको सुरुको लक्षण हो ।

उपचार यसको उपचारका लागि बायोप्सी नामको क्रिया गरिन्छ, जसको माध्यमद्वारा पत्ता लाग्दछ कि न्यूट्रोटिक सिन्ड्रोम कुन अवस्थामा छ भन्ने । सही तरिकाबाट उपचार गर्नाले विरामी निको हुन्छ । तर सुन्निने समस्याप्रति ध्यान दिएन र समयमै उपचार गरेन भने विस्तारै विस्तारै किड्नी फेल हुन पुग्दछ । सावधानी जब सुन्निने समस्या देखापर्दछ, तुरुन्तै किड्नी विशेषज्ञको सम्पर्कमा जानुपर्दछ । खानामा नून कम गर्ने र पिउने चिजमा पानीको मात्रा एकदेखि डेढ लिटर मात्र पिउनु पर्छ । यो भनिन्छ कि पानी धेरै पिउनाले किड्नी ठीक रहन्छ, यो भनाइ सही होइन । किड्नीको पत्थरी हुँदा धेरै पानी खानु ठीक हो तर अन्य विरामी भएको हकमा धेरै पानी पिउनाले किड्नीलाई नोक्सान पु¥याउन सक्दछ । समयमै उपचार गर्दा यस्तो रोग लागेका विरामी ९० प्रतिशत ठिक हुन्छन् ।

किड्नी स्टोन (पत्थरी) र यसको लक्षण
किड्नी स्टोन तथा पत्थरी आमरुपमा देखापर्ने समस्या हो । यो किड्नीसम्बन्धी दोस्रो मुख्य समस्या हो । बिरामीको पिशाबमा केही तत्व तथा रसायनको मात्रा बढी हुन्छ । जुन तत्व पिशाबसँग घोलिदैन, जुन जमेर स्टोन अर्थात् पत्थर बन्न जान्छ । क्याल्सियम, फास्फोरस, यूरिक एसिड, सिस्टीन र कैयौं अन्य तत्वले स्टोन बनाउँदछ ।जब पत्थर बन्छ, त्यो क्रमशः ठूलो हुँदै जान्छ र यसले पिशाबको बाटो बन्द गरिदिन्छ । यसबाट किड्नीको संक्रमण तथा फेल हुने जोखिम बढेर जान्छ । किड्नी पत्थरीको लक्षण भनेको पिशाब रोकिनु, असह्य दुखाइ, पिशाबमा रगत आउनु, पिशाब पोल्नु, संक्रमण हुनु तथा दुखाइको क्रममा उल्टी समेत हुनु हो ।

उपचार
यदि पत्थर ६ मि.मि.भन्दा सानो छ भने त्यो पिशाबको माध्यमबाट बाहिर निकाल्न सकिन्छ । त्यसका लागि अपरेशनको आवश्यकता पर्दैन । दुखाई धेरै भयो र धेरै रगत आइरहेको छ भने चाहिं अपरेशनको जरुरत पर्दछ । १० मि.मि.भन्दा बढी मात्राको पत्थरी कहिल्यै पनि पिशाबबाट निस्कन नसक्ने हुँदा त्यसको अपरेशन गर्नुबाहेक अन्य विकल्प हुँदैन । सावधानी स्टोन नबनोस् भन्नका लागि दिनमा तीनदेखि चार लिटर पानी अनिवार्य पिउनु पर्दछ । पानीको कमी भयो भने केमिकल कन्सन्ट्रेशन बढ्दछ भने पानी बढी भयो भने कन्सन्ट्रेशन कम हुन्छ । पेशाब आउँदा रोक्नु हुन्न । पिशाब रोक्दा केमिकल कन्सन्ट्रेशन बढ्छ । किडनीको कुनै विरामी वा संक्रमण छ भने तुरुन्तै उपचार गराउनु पर्दछ adrenal_gland किड्नीको सबै रोगहरु स्थायी हुँदैन । 

सही उपचारबाट खराब किड्नी ठीक हुन सक्छ । किड्नी फेल भनेको किड्नीले आफ्नो काम नगर्नु हो । अर्थात् शरीरमा सन्तुलन कायम नहुनु हो । यसो हुँदा शरीर सुन्निन्छ तथा ब्लडप्रेशर बढ्छ । केमिकल्स, जस्तो यूरिया, त्रिएटिनाइन, पोटेशियम बढ्न थाल्दछ । त्यसपछि मात्र थाहा हुन्छ कि किड्नीले काम गरिरहेको छैन । यसबाट यो पनि चल्दछ कि किड्नी कति खराब भएको छ भनेर । आजकाल किड्नी पेलको मुख्य कारण ब्लड प्रेसर, सुगर, पत्थरी तथा धेरै पेन किलर प्रयोग गर्नाले हुने गरेको छ । तसर्थ यसबाट बच्न जरुरी छ ताकि गम्भीर स्थिति आउनबाट बच्न सकियोस् ।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links

जेलबाट सञ्जय दत्तको चिठ्ठी, ‘मलाई निक्कै दुःख छ’


एजेन्सी । बलिउड अभिनेता सञ्जय दत्त यतिबेला पुणेको यरवदा जेलमा आफ्नो सजाँय भुक्तान गरिरहेका छन् । अहिले उनले आफुलाई सन्तुलनमा राख्नु नै उनको चुनौति बन्ने गरेको छ ।

अबको १ महिना भित्रमा उनका दुई फिल्म रिलिजको तयारीमा छन् । त्यसैको तिव्र प्रतिक्षामा आफूलाई सम्हाल्दै छन्, उनी । उनको फिल्म ‘उंगली’ र त्यसको केहि दिनमै रिलिज हुने ‘पीके’ को प्रतिक्षामा छन् ।
पीकेका डाइरेक्टर राजकुमार हिरानीलाई संजयले लगातार चिठ्ठी लेखिरहेका छन् । संजयले यो वर्षभरी लगातार लेखेका चिठ्ठीहरुमा केही फरक पना देखिएको हिरानीले बताएका छन् ।

संजयले लेखेको चिठ्ठीमा आफूलाई निकै दुःख भएको उल्लेख गर्दै एक महिनाको छुट्टीमा पनि आफू निकै व्यस्त रहेको बताएका छन् । जेलबाट विदा लिएर न्युयोर्क र युरोप गएकाले कसैलाई भेट्न नपाएको बताएका छन् ।

राजकुमार रिहानीका अनुसार संजयले जेल भित्र पानीको बाल्टी उचालेर कसरत गरिरहेको, लगभग १४ किलो वजन घटेको उल्लेख गरेको बताएका छन् ।

sanjay__Datt

संजयले पीकेको सुटिङका लागि १६ दिन दिएका थिए । सुटिङका क्रममा अमिरले बार बार भनेका थिए की संजयकासाथ सर्किटको रोल गर्नु छ ।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links

सेक्स पावर बढाउने नाममा यी गल्ती कहिल्यै नगर्नुहोस !


एजेन्सी । भारतीय समाजमा सेक्सका विषयमा कहिल्यै खुल्ला कुरा हुदैन जसले गर्दा मानिसहरु भ्रमको शिकार बन्ने गर्छन । मानिसहरुको शिकाई अधिकांश सुन्ने र सुनाउने प्रक्रियामा आधारित हुन्छ ।
कच्चा विज्ञापनबाट यस्ता कुरामा ज्ञान मिल्दैन । सेक्स पावर बढाउने चक्करमा मानिसले विभिन्न उपाय गरिरहेका हुन्छन् जो गर्नु हानिकारक हुन सक्छ ।

१.बच्चाबेलाको गल्ती भगाउने औषधि
ट्रेनको भित्र र रेलवे लाइनको यताउता यस्ता विज्ञापन देखिन्छ, जसमा बच्चा बेलाका गल्तीबाट पैदा भएका कमजोरी हटाउने दावी गरिएको छ । मेडिकल साइन्सका अनुसार हस्तमैथुनले कुनै नोक्सान गर्दैन । नोक्सान तब हुन्छ, जो यही धाराणा बनाएर बसेको हुन्छ र उसले गलत तरिका अपनाउँछ ।

२.तेलले मसाज
धेरैजसो विज्ञापनमा अमुक तेलले मसाज ग¥यो भने सेक्स पावर बढ्छ र भरपुर आनन्द आउँछ । सत्य कुरा यो हो की कुनै पनि तेलले सेक्स पावर बढाउँदैन र यस्ता तेलले मसाज गर्न कसैले उसको व्यापार बढाईदिन्छ भने उ मात्रै ठगिएको हुन्छ ।

३.अश्लील किताबको जाल
केही मानिसहरुले अश्लील किताब पढ्यो भने कामोत्तेजना बढ्छ । तर यो धाराणा सम्पूर्ण रुपमा ठिक होइन । यस्ता किताबले वासना भड्काउछ, जो कहिलेकाँही हानिकारक साबित हुन्छ ।

४.अण्डा खाएर पैदा हुने इच्छा
केही मानिसहरु अण्डा खाएमा शरीरमा गर्मी पैदा हुने र त्यसले सेक्सका दौरानमा फाइदा हुने बताउँछन् । बदाम, सोंठ लगायतका चिजले पनि सेक्समा फाइदा गर्छ भन्ने धारणा हुन्छ । तर,यसको यौन सम्बन्धको दौरानमा खासै फाइदा छैन ।

६.रक्सी खाएर सेक्स गर्नु
रात्री क्रियाको आनन्द बढाउनका लागि रक्सीले सहयोग गर्छ । तर यसले क्षणिक उत्तेजना बढाउने मात्रै हो, तर यसले मानिसलाई एकदम शिथिल बनाउँछ । रक्सीको सेवनले सेक्सको क्षमता बढाउनुको साटो विस्तारै घटाउँदै लान्छ ।

७.जोगीहरुले बेच्ने औषधि
मानिसहरु सडकको किनारमा जोगी तथा साधुहरुले बेच्ने औषधि पनि प्रयोग गर्ने गरेको पाइन्छ । यस्ता जडीबुटीले सेक्समा ताकत दिन्छ भन्ने भ्रममा पैसा खर्च गर्छन । तर, यो साधुलाई मालामाल बनाउनुबाहेक केही होइन ।


८.लिंक बढाउने उपाय, र तन्त्रमन्त्र
कहिले काही हामी सेक्स टोय र लिंक बढाउने उपायका विज्ञापन सुन्ने गर्छौं । यस्ता कतिपय उत्पादनहरुले फाइदा पु¥याउदैन । मेडिकल साइन्सका अनुसार सेक्समा हुने आनन्दसँग लिंगको लम्बाईको कुनै नाता सम्बन्ध हुँदैन ।
यसका बाबजुत पनि मानिसहरु यस्तो गलत उपायका पछि दौडिरहेका हुन्छन् । त्यस्तै मानिसहरु तन्त्र मन्त्र र अन्धविश्वासको शिकार समेत हुने गरेका छन् । यस्ता उपाय गर्नु स्वास्थ्यका दृष्टिले फाइदाजनक हुँदैनन् ।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links

लामो समयदेखि अलग बस्दै आएका नरेन्द्र मोदीकि पत्नीले ब्यक्त्त गरिन संगै बस्ने चाहाना

काठमाण्डु, ६ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पत्नी जशोदा बेनले पतिसँगै बस्ने चाहना व्यक्त गरेकी छन् ।

मोदी र जशोदा लामो समयदेखि अलग बस्दै आएका छन् । जशोदाले मोदी लिन आए आफू जहिल्यै जान तयार रहेको बताइन् ।
‘उहाँ लिन आएको खण्डमा म जतिबेला पनि जान तयार छु’, परिवारका सदस्यहरुका साथ मुम्बई घुम्न आएकी उनले सञ्चारकर्मीलाई भनिन्, देवीमाताको इच्छा भयो भने म प्रधानमन्त्रीको साथमा उहाँकै निवासमा रहन चाहन्छु ।’

मोदीको साथमा बस्न पाए आफू खुसी हुने उनको भनाइ थियो । यद्यपि उनले प्रधानमन्त्री मोदीले आफूलाई आउन नभनेको बताएकी छन् ।
६२ वर्षीया जशोदा र मोदीबीच कानुनी सम्बन्ध रहे पनि पारिवारिक र भावनात्मक सम्बन्ध टुटेको वर्षार्ै बितेको छ । ६२ वर्षीया जशोदा पूर्वशिक्षिका हुन् ।

पारिवारिक सम्बन्धमा खटपट आएयता उनी उत्तरी गुजरातस्थित माइतीघरमा बस्दै आएकी छन् । मोदी प्रधानमन्त्री भएपछि उनको सुरक्षाका लागि सरकारले दुई सुरक्षाकर्मी खटाएको छ ।

modi-wife

मुम्बईमा भने उनी सुरक्षाकर्मीको बाक्लो सुरक्षा घेरामा देखिएकी थिइन् । मोदी र जशोदाबीच सन् १९६८ मा किशारोवस्थामै मागी विवाह भएको थियो ।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links

सुत्केरी महिलालाई बिदामा बसेको भन्दै काम बाट निकालियो !

मैले २०६० सालमा रेडियो वीरगञ्जबाट पत्रकारिताको सुरुआत गरेको हुँ । लगभग ६ वर्ष रेडियोमा काम गरें । रेडियोमा समाचार बाचिकासहित लेख्ने पनि काम गर्थें । रेडियोमा काम गर्ने क्रममै सञ्चारिकामा फिचरहरु लेख्थें ।

६–७ वटाजति फिचर प्रकाशित पनि भएका छन् । रेडियोमा काम गर्दागर्दा वीरगञ्जमा तराई टिभी सुरु भयो । भिटीमा काम गर्नु मेरो लागि रहरकै कुरा थियो । ग्ल्यामर पेशा भएकाले टिभीमा काम गर्न थलें । त्यहाँ पनि समाचार बाचिका भएर काम गरें ।

तराई टिभी तीन वर्षअघि काठमाण्डु सरेपछि काठमाण्डु नै गएँ । वीरगञ्ज र काठमाण्डुमा गरेर तराई टिभीमा तीन वर्षजति काम गरें ।

तराईमा काम गर्ने क्रममा एक दिन एउटा अपरिचित नम्बरबाट मोबाइलमा फोन आयो । फोन माउण्टेन भिटीका स्टेशन म्यानेजर दीपेन्द्र चौहानको रहेछ । उनले तराईबाट आफ्नो टिभीमा काम गर्न आउन भने । म माउण्टेन गएँ । यो दुई वर्षअघिको कुरा हो । भर्खरै बिहे भएको थियो ।
anju 3
-अञ्जु न्यौपाने, समाचार बाचिका, माउण्टेन टेलिभिजन
काम गर्दै जाँदा बच्चा पेटमा आयो । तै पनि काम छाडिन । गएको वैशाख ८ मा छोरा जन्मियो । म चैतको १७ गतेसम्म अफिस गएँ । त्यसको तीन दिन अघिसम्म समाचार पढें । समाचार संयोजक माधव तिवारीले तपाईंलाई गाह्रो भयो, अब समाचार नपढ्नुस् भने । उनले आफ्नो कुरा बुझेकामा खुसी लाग्यो । उनले बच्चा भएपछि पढ्ने कुरा छँदैछ । अहिले नपढ्नुस् भनेका थिए ।
anju 3
-अञ्जु न्यौपाने, समाचार बाचिका, माउण्टेन टेलिभिजन

आफ्नै पक्षमा कुरा गरेजस्तो लागेर हुन्छ भनें र समाचार पढ्न छाडें । तै पनि अफिस आउन जान छाडेको थिइनँ । समाचार पढ्न छाडेको एक हप्तापछि सुत्केरी बिदाका लागि चैतको १५ गते निवेदन दिएँ । प्रशासन प्रमुख गोपाल बस्नेतको नाममा । मैले डेढ महिनाका लागि बिदा मागेको थिएँ । जेठ पहिलो हप्ताबाट आउँछु भनेकी थिएँ । बिदा स्वीकृत भयो । घर आएँ । बच्चा जन्मियो । बिदा अवधि सकियो तर बच्चा सानै भएको र आफू पनि पूर्ण स्वस्थ नभइसकेकाले बिदा थप्नका लागि आग्रह गर्ने सोच बनाएँ ।

जेठ पहिलो सातादेखि आउँछु भनेकी थिएँ । जान गाह्रो भयो । सुत्केरी भएको एक महिना पनि भएको थिएन । अफिस गएर समाचार पढ्ने आँट आएन । गाह्रो भयो । समाचार उप–प्रमुख महेन्द्र भट्टराई फोन गरेर आउन गाह्रोभयो । थप दुई महिना बिदा थप्नुपर्‍यो भन्ने आग्रह गरें । उनले मेरो कुरालाई सकारात्मक रुपमै लिए । उनकै सल्लाहमा प्रशासन प्रमुख गोपाल बस्नेतलाई टेलिफोन गरें । उनलाई पनि फोन गरें ।

समाचार प्रमुखसँग सल्लाह गरेर बस्दा फरक नहुने बताए । उनले समाचारको कुरा हो । उतै मिलाउनुस्, समाचार प्रमुखले भनेपछि भइहाल्छ नि भनेका थिए । यही कुरा महेन्द्र भट्टराईले पनि सुनाएँ ।
दोश्रो पटक थपिएको बिदाको अवधि सकिन लागेको थियो । असार अन्तिम हप्ता तीन महिनाको बच्चा लिएर काठमाण्डु आएँ । भोलिपल्टै कार्यालय गएँ । साउन पहिलो हप्तादेखि काममा आउँछु भनेर जानकारी गराएँ ।

महेन्द्र खुसी भए । उनले न्यूज सेड्युअल बनाउँछु भने । संयोग के पर्‍यो भने म फेरि अफिस नजाँदै महेन्द्रले जागिर छाडेछन् । उनले जागिर छाडेपछि प्रशासन प्रमुखले बिनाजानकारी स्वीकृत बिदाभन्दा बढी समय घर बसेको आरोप लगाए । मैले उनको प्रतिवाद गरें । पहिला भएका कुराहरु स्मरण गराएँ ।

उनले तपाईंको ठाउँमा अरु नै राखिसेको हुनाले अहिले राख्न नसकिने बताए । नयाँ कर्मचारी चाहिएका बेला सम्झने भन्दै बिदा हुन भने । मलाई आवश्यक पर्दा बोलाउँला भनेका प्रशासन प्रमुखले अरु साथीहरुसँग भए/नभएको कुरा गरेछन् । उनले बिदा स्वीकृत नगरी गैरजिम्मेवार तरिकाले बिदामा बसेको भनेछन् ।

साथीहरुको बीचमा आफ्ना बारेमा गलत प्रचार भएपछि दु:ख लाग्यो । तीन महिनाको बच्चा काखमा बोकेर काममा फर्कंदा प्रोत्साहन पाउँछु होला भन्ने मेरो अनुमान थियो । तर दुई वर्षसम्म योगदान गरेको कर्मचारीलाई सुत्केरी बिदा नसकिँदै अमानवीय ढंगले जागिरबाट निकालियो ।
यो सबै देखेर दिक्क लाग्यो । असारदेखि भदौको अन्तिम हप्तासम्म काठमाण्डु बसें । घरतिर गइयो भने बच्चाको राम्रो स्याहार हुन्छ भनेर असोज नलाग्दै घर (हेटौंडा) आएँ । अहिले पनि यहीं छु ।

anju 2म एकजना पीडित श्रमजिवी पत्रकार हुँ । उर्जाशील जीवनको १२ वर्ष पत्रकारितामा बिताएँ यति लामो लगानी भएका कारण मलाई पत्रकारिता क्षेत्रको माया लाग्छ । तर कहिले काहीं बेकारमा यस्तो पेशामा बुद्धि बिग्रिएर किन लागिएछ भन्ने महसुस हुन्छ । बेलैमा अरु पेशामा लाग्न पाएको भए अहिलेभन्दा राम्रो प्रगति हुन्थ्यो होलाजस्तो लाग्न थालेको छ । हामीजस्तो १०/१२ वर्ष काम गरिसकेको मान्छे त्यो पेशाबाट हात धुन बाध्य हुनु राम्रो होइन ।

सुरुमा काम गर्दा जुन हौसला, रहर र उत्साह थियो । त्यो सबै मरेर गयो । कामको सिलसिलामा यस्तो सम्म भएको छ कि पोहोर सालको दसैंमा पेटमा बच्चा थियो । दसैंमा पनि बिदा दिएनन् । परिवारका सबै दसैं मान्न हेटौंडा आए । म एक्लै काठमाण्डुमा बस्दा कम्ति गाह्रो भएन । नवमीका दिन राति सात बजे घर आइपुगें । फेरि टीकाको भोलिपल्टै काठमाण्डु गएर कार्यालयको काम गरें ।
म पत्रकार महासंघ पर्साको शाखा सदस्य हुँ । पत्रकारलाई परेको समस्या पत्रकार महासंघले हेर्नुपर्छ । आफूमाथि परेको पीडाका बारेमा महासंघ केन्द्रमा उजुरी दिएको छु । विश्वास  छ न्याय पाउँछु होला ।
मलाई मेरो जागिर पुनस्र्थापना होओस् र फेरि काम गरौं भन्ने लालसा छैन । तर मैले जै पीडा र अमानवीय व्यवहार भोग्नुपर्‍यो पत्रकारितामा सक्रिय अरु महिलाहरुले यस्तो दुर्दशा व्यहोर्नु नपरोस् भन्ने मेरो मान्यता हो । ममाथि अन्याय गर्नेहरुलाई सजाय भयो भने अरुले पनि बाँकी दिनहरुमा यस्ता हर्कत गर्ने थिएनन् कि ? काठमान्डौ टुडे 
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links

के तपाईको फेसबुकमा पनि अन्जान केटीको म्यासेज आउँछ ?

होस गर्नुहोला, अपरिचितलाई रिप्लाइ गर्दा फस्न सक्नुहुन्छ !
काठमाडौं । तपाईको फेसबुक म्यासेज बक्समा कुनै विदेशी केटीले म्यासेज पठाएकी हुन सक्छिन् । म्यासेजमा हाइ, हेल्लो, रेस्पोन्स मी, इमेल मी, क्यान आइ बी योर फ्रेन्ड ? इत्यादि लेखिएको हुन सक्छ ।

यसरी पठाइने गरेका फेसबुक म्यासेजमा प्रायः यस्तो अनुरोध गरिएको हुन्छ- हेल्लो, मेरो नाम फलानी हो, म सिंगल केटी हुँ । म तिम्रो फेसबुकको प्रोफाइल देखेर आकषिर्त भएँ र तिमीलाई साथी बनाउने निर्णय गरें । कृपया यो इमेलमा मलाई रिप्लाइ गर्‍यौ भने म तिमीलाई मेरा बारेमा थप बताउनेछु र मेरा केही तस्वीरहरु पनि पठाउने छु । म तिम्रो रिप्लाइ पर्खिरहेकी छु…. इत्यादि ।’

अधिकांश पुरुषहरुको फेसबुक म्यासेज बक्समा झर्ने यस्ता सन्देशमा प्रायः अफ्रिकी मूलका केटीहरुको नाम र तस्वीर प्रयोग गरिएको पाइन्छ । कतिपयले अरुकै तस्वीर प्रयोग गरेर पनि यस्तो धन्दा गरिरहेका हुन सक्छन्।अनुभवी फेसबुक प्रयोगकर्ताहरुका अनुसार यस्ता म्यासेजका पछाडि दुईवटा उद्देश्य लुकेका हुन्छन् । या त उसले तपाईसँग पैसा माग्छे, या तपाईको इमेल आइडी ह्याक गर्न कसैले इमेल फुत्काउन खोजिरहेको हुन सक्छ ।

तपाईले ह्याकरलाई कुनै रिप्लाइ गर्नुभयो भने उसले तपाईको इमेल ह्याक गरेर तपाईकै इमेल आइडीबाट आफन्तलाई यस्तो सन्देश पठाउन सक्छ, ‘म अहिले फलानो ठाँउमा अलपत्र परेको  छु, युरोप जानेक्रममा पासपोर्ट र पैसा लुटिएकाले केही पैसा सहयोग गर्नुहोला, पछि नेपाल फर्केर तिर्नेछु ।’

फेसबुकबाट आकर्षक तस्वीर पठाइदिने प्रलोभनका आधारमा अपरिचित व्यक्तिले तपाईको इमेल मागेपछि त्यसैका आधारमा तपाईको पासवर्ड ह्याक गर्न ह्याकरहरुलाई सजिलो हुन्छ । त्यसैले अपरिचित एवं शंकास्पद व्यक्तिले तपाईसँग इमेल माग्दैछ भने तपाईले सतर्क हुन जरुरी हुन्छ ।अफ्रिकाका कतिपय गरीब युवतीहरुले इन्टरनेटबाट सम्बन्ध विस्तार गरी पैसा माग्ने गरेको अनुभव पनि केही नेपाली फेसबुक युजरहरुले अनुभव हासिल गरेका छन् । 
सतर्क हुनुहोला, नचिनेका विदेशी केटीको म्यासेज आयो भन्दैमा जवाफ दिने वा संगत गर्ने चक्करमा नलाग्नुहोला।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
index

AMAZING NEWS

index

SCIENCE TECHNOLOGY

index

PRABASI NEWS

Sexual Crime+MORE
interview +MORE
index

LIFE STYLE

Hindi Full Movies+MORE
index

BUSINESS

NEPALI FULL MOVIES +MORE
 
KOLLYWOOD +MORE
BOLLYWOOD +MORE
HOLLYWOOD +MORE
Religion/culture +MORE
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी