Home » » नर्सिङ छात्रालाई मोबाइल फोन बोक्न प्रतिबन्ध

नर्सिङ छात्रालाई मोबाइल फोन बोक्न प्रतिबन्ध

Written By pardapa6adi on Thursday, 19 June 2014 | 11:02 am


असार ५ गते ९:४१ वीरगन्ज (पर्सा) - शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले नर्सिङ्ग क्याम्पस वीरगन्जले छात्राहरुलाई मोबाइल प्रयोगमा प्रतिबन्ध लगाएको छ । क्याम्पसको वार्षिक नतिजामा मोबाइल प्रयोगले नकारात्मक असर पारेको भन्दै मोबाइल प्रयोगमा रोक लगाइएको हो । मोबाइलमा व्यस्त भएर विद्यार्थीले अध्ययनमा ध्यान दिन छोडेपछि क्याम्पस हातामा मोबाइल प्रयोगमा रोक लगाइएको क्याम्पस प्रशासनले जनाएको छ ।

गत वर्षको साउनदेखि नै विद्यार्थीहरुलाई मोबाइल प्रयोगमा प्रतिबन्ध लगाइएको नर्सिङ क्याम्पस वीरगन्जकी निमित्त क्याम्पस प्रमुख सुनिता घोषले बताइन् । गएको शैक्षिकसत्रमा तेस्रो वर्षका छात्रा मोबाइलमा इन्टरनेट चलाएर अध्ययनमा रुचि नदेखाएका कारण धेरै फेल भएपछि यस्तो कदम चाल्नु परेको निमित्त क्याम्पस प्रमुख घोषले बताइन् । छात्राको मोबाइल प्रत्येक हप्ताको आइतबार बिहानदेखि शुक्रबार साँझसम्म क्याम्पस प्रशासनले ‘स्विच अफ’ गरेर राखिदिने गरेको छ ।

शुक्रबार साँझदेखि शनिबार दिनभरि र रातमा भने मोबाइल प्रयोग गर्न दिने गरिएको छ । क्याम्पसमा अध्ययन गर्ने छात्राले भने मोबाइल प्रयोग गर्न नपाउँदा व्यक्तिगत स्वतन्त्रताको हनन भएको बताएका छन् । सो क्याम्पसमा प्रथम, दोस्रो र तेस्रो वर्षका गरी ४५÷४५ जना अध्ययनरत रहेका छन् ।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी