Home » » पाँच वर्षको उमेरमै जहाज उडाए मर्द छोराले (भिडियोसहित)

पाँच वर्षको उमेरमै जहाज उडाए मर्द छोराले (भिडियोसहित)

Written By pardapa6adi on Tuesday, 3 September 2013 | 11:44 am


कोही मान्छेले पाँच वर्षको उमेरमै पाइलट बनेर जहाज उडाउन सक्छ ? हाम्रो जस्तो देशमा जिन्दगीभर जहाज देख्न नपाउने मानिस समेत धेरै भएको ठाउँमा यो कुरा असम्भव नै हो । तर चीनमा भने एक ५ वर्षीय बालकले जहाज उठाएर सबैलाई आश्चर्यमा पारेका छन् । यो सँगै उनी विश्वमा जहाज उडाउने सबैभन्दा कान्छो व्यक्ति पनि बनेका छन् ।
5-years-pilot-1
ही यीड नामका ती बालकले बेइजिङ वन्यजन्तु पार्क माथिको आकाशमा शनिवार करीब ३५ मिनेट एक्लै हलुका जहाज उडाएका हुन् ।

यी बालकले पाँच वर्षको उमेरमै यस्तो साहसिक काम गर्न सक्नुमा उनका बाउको ठूलो योगदान छ । आफुलाई इगल ड्याड भन्ने ही लिसेंगले आफ्नो ५ वर्षका छोरालाई तिखार्दै हवाइ जहाज उडाउन सक्ने बनाए । गएको वर्ष लिसेंगले छोरा यीडलाई अमेरिकाको न्युयोर्कमा हिउँमाथि व्यायाम गराइरहेको तस्वीर इन्टरनेटमा आएपछि त्यसले ठूलै तहल्का मच्चाएको थियो ।
5-years-pilot-4
5-years-pilot-2
छोरालाई पाँच वर्षको उमेरमै जहाज उडाउने बनाउका लागि लिसेंगले झण्डै ३० हजार युआन खर्चेर तालिम समेत दिएका थिए । चीनको पिपुल्स डेली पत्रिकाका अनुसार ५ वर्षे बालकले जहाज उडाएको यो विश्वमै किर्तिमानी घटना भएको भएपनि यीडको नाम अझै गिनिज बुकमा भने समावेश भएको छैन । यसबारेमा गिनिज बुकलाई खबर गरि उनको नाम गिनिज बुकमा लेखाउने तयारी उनका बाउ लिसेंगले गरेका छन् । एजेन्सीको सहयोगमा
5-years-pilot-3


भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी